टिप्स
जानिराख्नुस् तिल खाँदा हुने फाइदाहरू

काठमाडौं— स्वस्थ रहन तिलको ठूलो महत्व छ ।
तिलमा पाइने पुष्टिकारक तत्त्वले शरीरलाई चुस्तदुरुस्त राख्न मद्दत गर्छ ।तिलमा लेसिथिन तत्त्व पाइन्छ । यो दिमाग र आँखाका लागि लाभदायक हुन्छ । तिलमा पाइने सेसामोल नामक तत्त्वले डीएनएलाई परावैजनी किरणजन्य हानीबाट जोगाउँछ । यतिमात्र होइन तिलका गेडामा फाइबर हुन्छन् जसले पाचन प्रणालीलाई स्वस्थ बनाउन मद्दत गर्छन् ।
तिलको नियमित सेवनले कब्जियत हुन दिँदैन । तिलका गेडामा पाइने म्याग्नेसियमले श्वासप्रश्वासमा हुने ऐंठन हटाएर दम लगायतका रोग लाग्न दिँदैन ।
तिलका गेडामा पाइने तामाले बाथ जन्य पीडा घटाउँछ । यसले रक्तकोषिका, हड्डी र जोर्नीहरूलाई बलियो बनाउँछ ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० ०६:०२