News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
Prabhu Bank

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राजनीतिक दलबीच एकता आवश्यक भएको बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा उनले नेपालको स्थायित्वको लागि राजनीति शक्तिहरू सबैको बीचमा एकता, सहकार्यको आवश्यक भएको बताए । 

‘देशलाई यो भन्दाबढी बर्बाद हुन नदिन मुख्य राजनीतिक शक्तिहरू बीच एकता र सहकार्य आवश्यक छ । यसको लागि ढिला गर्नु हुँदैन,’ लिङ्देनले भने । 
राजा, राजनीतिक दल र जनताहरू मिलेर नयाँ व्यवस्थाको निर्माण गर्न ढिला गर्न नहुने उनको तर्क छ । लिङ्देनले बीपीको विशेष मेलमिलाप नीतिलाई पछ्याउँदै त्यसलाई राजनीतिक सन्दर्भमा उपयोग गर्न ढिला गर्न नहुने बताए ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १८:०९
राजनीति
विशेष
Weather Update