
आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सुडानी सेना प्रमुखको चेतावनी आइतबार, भदौ २४, २०८० सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बलका जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।

केआइसिंह राजमार्गमा पहिरोको ढुंगा लागेर एकको मृत्यु आइतबार, भदौ २४, २०८० केआइसिंह राजमार्गको रडुवामा खसिरहेको पहिरोबाट ढुंगा लाग्दा एक युवकको मृत्यु भएको छ ।

कोशी प्रदेश प्रमुखले जारी गरे २ अध्यादेश आइतबार, भदौ २४, २०८० कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार बजेटसम्बन्धी २ अध्यादेश जारी गरेका छन् ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले भने— चीन भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ आइतबार, भदौ २४, २०८० प्रधानमन्त्री प्रचण्डले भने,‘यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो । यहाँ तपाईंहरूबाट प्राप्त सुझाव महत्वपूर्ण छन् । यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ । भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ । भ्रमण फलदायी र प्रभावकारी हुन्छ ।’

विद्यालय जान हिँडेका बैतडीका शिक्षक अझै भेटिएनन् आइतबार, भदौ २४, २०८० विद्यालय जान हिँडेका डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहराको अवस्था अज्ञात रहेको हो । बोहरा यही भदौ ५ गतेदेखि बेपत्ता छन् ।
बलात्कार आरोपमा एक पक्राउ आइतबार, भदौ २४, २०८० बर्दियामा एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका—९ का ३९ वर्षीय शेरबहादुर खड्का रहेका छन् ।

गल्ती गरेको भए दोषीमाथि कारबाही हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत आइतबार, भदौ २४, २०८० स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने बताएका छन् । केही दिनअघि कान्ति बाल अस्पतालमा पाँच वर्षीया बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको थियो ।

ग्रिकमा बाढीबाट मृत्यु हुनेको संख्या १० पुग्यो आइतबार, भदौ २४, २०८० ग्रिकमा बाढीबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि ग्रिकका प्रधानमन्त्री किरियाकोस मित्सेटाकिसले प्रभावित सबैलाई पूर्ण रूपमा सहयोग गर्न निर्देशन दिएका छन् ।

वर्षमान पुन भन्छन्— मौलिक हक लागु गर्न सरकार प्रतिबद्ध छ आइतबार, भदौ २४, २०८० नेकपा माओवादी केन्द्रका उपमहासचि वर्षमान पुनले संविधानमा लेखिएका सबै मौलिक हक लागु गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सर्लाहीको मलंगवामा २७ गतेसम्म निषेधाज्ञा जारी आइतबार, भदौ २४, २०८० सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु हटे पनि ७२ घण्टासम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ ।

अध्यादेशबाट बजेट ल्याउँदै कोशी सरकार आइतबार, भदौ २४, २०८० कोशी प्रदेशमा बजेट शून्यता अन्त्य गर्न अध्यादेश जारी गरिने भएको छ । प्रदेश सरकारले प्रदेश आर्थिक अध्यादेश र विनियोजन अध्यादेश २०८० जारी गर्ने तयारी गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेको हो ।

साताको पहिलो दिन सुन तोलाको कति रुपैयाँमा हुँदैछ कारोबार ? आइतबार, भदौ २४, २०८० साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।









