News Griha :: न्यूजगृह
बलात्कार आरोपमा एक पक्राउ

काठमाडौं— बर्दियामा एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका—९ का ३९ वर्षीय शेरबहादुर खड्का रहेका छन् ।

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए ।

बारबर्दियामा बुधबार राति २ बजे बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि खड्कालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको बोहराले जनाए ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १३:०३
Weather Update