News Griha :: न्यूजगृह
प्रधानमन्त्रीलाई पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको सुझाव— चीनसँग भएका पुरानै सम्झौता कार्यान्वयनमा जोड दिनुस् 

काठमाडौं— नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा पुरानै सहमित सम्झौता कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे राजनीतिक दलसँग सुझावका लागि आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजना गरिएको छलफल कार्यक्रमपछि प्रतिक्रिया ज्ञवालीले सो कुरा बताएका हुन् ।

उनले भने,‘नयाँनयाँ योजनाहरु थप्ने वा अन्य सम्झौताहरु गर्नेभन्दा पनि उच्चस्तरीय भ्रमणका क्रममा गरिसएका पुराना सम्झौता कार्यान्वयमा जोड दिनुपर्छ ।’

त्यसैगरी नेपाल चीन सम्बन्धलाई लिएर बनेको अविश्वासलाई प्रधामन्त्रीले चिनुपर्ने ज्ञवालीले बताए । ‘नेपालले छिमेकसँग लिएको सन्तुलित नीतिबाट अलिकति अन्यत्र लाग्न खोजेको हो कि ?, चीनसँगको सम्बन्धलाई नेपालले कम प्राथमिकता दिएको हो कि ? नेपालमा भइरहेको चिनियाँ लगानीलाई अलिकति निरुत्साहित गर्न खोजेको हो कि या अरु कुनै अंम्रेला सेक्युरिटीतिर नेपाल जान खोजेको हो कि ? भन्ने खालको जुन चीनलाई परेको छ ।’

बैठकमा सहभागी पूर्वपरराष्ट्र मन्त्रीहरूले पनि चीन नेपाल सम्बन्धलाई विश्वासको उचाइमा पुर्‍याउन प्रधानमन्त्री प्रचण्डलाई सुझाएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १४:३५
Weather Update