News Griha :: न्यूजगृह
आज विदेशी मुद्राको विनिमय दर कति? 
आज विदेशी मुद्राको विनिमय दर कति?  आइतबार युरो एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ २३ पैसा र बिक्री दर १६५ रुपैयाँ ९८ पैसा रहेको छ ।
प्रकाश सपूतको नयाँ गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक [भिडिओसहित]
प्रकाश सपूतको नयाँ गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक [भिडिओसहित] गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो । गायक सपूतको शब्द/सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । गीतको म्युजिक भिडिओमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी,...
 यी प्रदेशमा आज भारी वर्षाको सम्भावना
 यी प्रदेशमा आज भारी वर्षाको सम्भावना साथै  नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक  प्रभाव  रहेको  छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ र बाँकी प्रदेशहरूमा आंशिक देखी सामान्यतया बदली भई एकदुई स्थानमा...
समाजवादी मोर्चाले आज हेटौँडामा सन्देश सभा गर्दै
समाजवादी मोर्चाले आज हेटौँडामा सन्देश सभा गर्दै समाजवादी मोर्चाले बाग्मती प्रदेशस्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौँडामा गर्दैछ । ७ वटै प्रदेशमा सन्देश सभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौँडामा सभा गर्न लागिएको नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन् ।
एकादशी व्रतको दिन तपाईंको राशिफल कस्तो छ ?
एकादशी व्रतको दिन तपाईंको राशिफल कस्तो छ ? भदौ २४ गते आइतबार । भदौ कृष्ण एकादशी तिथि । पञ्चाङ्ग वरियान बव पुनर्वसु । अजा एकादशी व्रत । विश्व आत्महत्या रोकथाम दिवस । यस्तो छ तपाईंको राशिफल । 
 २ महिनादेखि बस्न सकेको छैन बागमती प्रदेश सभा, सभामुखले बोलाए सर्वदलीय बैठक
 २ महिनादेखि बस्न सकेको छैन बागमती प्रदेश सभा, सभामुखले बोलाए सर्वदलीय बैठक बागमती प्रदेश सभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ । आइतबारका लागि बोलाइएको प्रदेश सभा बैठक चल्ने अवस्था नदेखेपछि सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाएका हुन् । सभामुख पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएको बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।
ललिता निवास प्रकरणमा आज थुनछेक आदेश आउन सक्ने
ललिता निवास प्रकरणमा आज थुनछेक आदेश आउन सक्ने ललिता निवासको जग्गा हिनामिना प्रकरणको मुद्दामा आइतबार थुनछेक आदेश आउन सक्ने सम्भावना रहेको छ । हिरासतमा रहेका १८ मध्ये १७ जना प्रतिवादीका तर्फबाट प्रतिरक्षा बहस शुक्रबार नै सकिएको छ। आइतबार शुरु मै समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरेका तर्फबाट वकिलहरूले काठमाडौं  जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस थाल्नेछन् ।
बंगलादेश एसिया कपबाट बाहिरियो, श्रीलंकासँग २१ रनले पराजित 
बंगलादेश एसिया कपबाट बाहिरियो, श्रीलंकासँग २१ रनले पराजित  बंगलादेश एसिया कप क्रिकेटबाट बाहिरिएको छ।  सुपर फोरमा लगातार दुई खेलमा पराजित भएको बंगलादेश फाइनल पुग्ने सम्भावना सकिएको हो । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेश दोस्रो खेलमा श्रीलंकासँग २१ रनले स्तब्ध भयो । अब सुपर फोरको अन्तिम खेलमा भारतसँग खेल्ने छ। भारतसँग जित निकाल्दा पनि बंगलादेशको फाइनल खेल्ने सम्भावना...
मोरक्को भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २ हजार बढी
मोरक्को भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २ हजार बढी मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २ हजार बढी पुगेको त्यहाँको गृहमन्त्रालयलाई उदृत गर्दै  बीबीसीले जनाएको छ ।  भूकम्पमा परी कम्तीमा एक हजार ४ सय जना घाइते छन् ।  मोरक्कोको स्थानीय समयअनुसार शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको...
सर्लाहीबाट एक महिनामा १४ करोडको तरकारी निकासी
सर्लाहीबाट एक महिनामा १४ करोडको तरकारी निकासी लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा १४ करोडभन्दा बढीको तरकारी निकासी गरेको छ ।
Weather Update