समाजवादी मोर्चाले आज हेटौँडामा सन्देश सभा गर्दै

काठमाडौं— समाजवादी मोर्चाले बाग्मती प्रदेशस्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौँडामा गर्दैछ ।
७ वटै प्रदेशमा सन्देश सभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौँडामा सभा गर्न लागिएको नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन् ।
आइतबार नै समाजवादी मोर्चाको बाग्मती प्रदेश कमिटीको घोषणा गर्नेसमेत तयारी छ । सन्देश सभालाई प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्नेछन् ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८० ०६:३७