News Griha :: न्यूजगृह
मोरक्को भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २ हजार बढी

काठमाडौं— मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २ हजार बढी पुगेको त्यहाँको गृहमन्त्रालयलाई उदृत गर्दै  बीबीसीले जनाएको छ ।  

भूकम्पमा परी कम्तीमा एक हजार ४ सय जना घाइते छन् ।  मोरक्कोको स्थानीय समयअनुसार शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । 

भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौजताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस,अगादिर,कासाब्लाङ्का,और्जाजाटे,चिचौवा,अजिलालयुसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०५:५८
Weather Update