News Griha :: न्यूजगृह
 २ महिनादेखि बस्न सकेको छैन बागमती प्रदेश सभा, सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं—  बागमती प्रदेश सभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ ।

आइतबारका लागि बोलाइएको प्रदेश सभा बैठक चल्ने अवस्था नदेखेपछि सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाएका हुन् । सभामुख पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएको बागमती प्रदेश सभा सचिवालय हेटौँडाले जनाएको छ ।

बैठक प्रदेश सभा सचिवालयमा नै बस्नेछ । पछिल्लो समय प्रदेशसभा बैठक सञ्चालनमा भइरहेको समस्या समाधानका लागि सभामुख पाठकले सबै दलहरूसँग छलफलको तयारी गरेका हुन् ।

उनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूका तर्फबाट दलका नेता, सचेतक तथा प्रतिनिधिलाई उपस्थित हुन सूचना पठाएको सचिवालयले जनाएको छ । 

प्रदेश सभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।२ महिनादेखि प्रदेश सभा बैठक बस्न सकेको छैन । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०६:२९
Weather Update