News Griha :: न्यूजगृह
वर्षमान पुन भन्छन्— मौलिक हक लागु गर्न सरकार प्रतिबद्ध छ

काठमाडौं— नेकपा माओवादी केन्द्रका उपमहासचि वर्षमान पुनले संविधानमा लेखिएका सबै मौलिक हक लागु गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा तीजको अवसरमा अखिल नेपाल यातायात मजदुर संगठनले अशक्त, असहाय र दृष्टिबिहीनका लागि राहत वितरण कार्यक्रममा उनले मौलिक हक लागु गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले भने,‘राज्यसँग क्षमता छैन । राज्यसँग जति साधनस्रोत छ सोही अनुसार मौलिक हक लागु गर्ने र अझ बढाउँदै लैजान सरकार प्रतिबद्ध छ ।’

उनले अपाङ्गतामैत्री पूर्वाधार बनाउन अभ्यास सुरु भइसकेको पनि बताए ।

त्यस्तै अखिल नेपाल यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष दीपक केसीले आफूहरुले फरक क्षमता भएकाहरुका लागि राहत वितरण अभियान निरन्तर गर्दै आएको बताए ।

फरक क्षमता भएका धर्मेन्द्र गुप्ताले संगठनको कामको प्रशंसा गर्दै खुसी व्यक्त गरे ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ११:४८
Weather Update