कोशी प्रदेश प्रमुखले जारी गरे २ अध्यादेश

विराटनगर— कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार बजेटसम्बन्धी २ अध्यादेश जारी गरेका छन् ।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको अध्यादेश प्रदेश सभाबाट पारित नभई निष्क्रिय भएको थियो । सोही अध्यादेशलाई पुनः जारी गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले प्रदेश आर्थिक अध्यादेश २०८० र स्रोतगत तथा कार्यक्रमगत विवरणसहितको विनियोजन अध्यादेश २०८० जारी गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८० १३:४९