सर्लाहीको मलंगवामा २७ गतेसम्म निषेधाज्ञा जारी

काठमाडौं— सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू हटे पनि ७२ घण्टासम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ ।
कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा दुई पक्षबीच मलंगवामा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यू जारी गरेको थियो ।
प्रशासनले स्थिति सामान्य भएको निष्कर्ष निकाल्दै आइतबार बिहानबाट कर्फ्यू हटाइएको तर २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८० ११:३४