
काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण देशमा व्यवसायी समस्या देखिएको आरोप लगाएका छन् ।
सहकारीकर्मीसँग केपी ओली विषयक अन्तरक्रियामा उनले गठबन्धन सरकार आएपछि विकास निर्माणका काम रोकिएको, बेरोजगारी बढेको र मूल्यवृद्धि भएको आरोप लगाएका हुन् ।
‘गठबन्धन सरकार आउँदा उद्योगहरूमाथि चट्याङ्ग परेको जस्तो भयो,’ ओलीले भने । उनले कांग्रेस र माओवादी केन्द्र सहकारी नीतिको विरुद्धमा रहेको आरोप लगाए ।
ओलीले भने, ‘नेपाली काङ्ग्रेस सैद्धान्तिक र नीतिगत हिसाबले सहकारीको पक्षमा छैन् । अर्को पार्टीलाई नीतिको अर्थ नै छैन्, नीतिसँग कुनै सरोकार छैन् माओवादी भन्ने पार्टीलाई उसले फाइदा मात्रै जान्दछ,’ उनले भने ‘क्विन्टल का क्विन्टल सुन ल्याए जस्तो फाइदा हुँदैन, उसलाई धेरै फाइदा चाहिने मानिस हो । माओवादीलाई सहकारीको मतलब छैन् ।’
अहिलेको सरकारले राष्ट्रिय उद्योगीहरूलाई छानिछानी लखेट्ने गरेको आरोप लगाउँदै ओलीले कसैले त्यसको विरुद्धमा बोले पक्राउ गर्ने गरेको बताए ।