News Griha :: न्यूजगृह
पूर्वराष्ट्रपति रामवरण यादव अस्पताल भर्ना

काठमाडौं—  पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् ।

उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आइतबार वीर अस्पतालको भीआईपी कक्षमा भर्ना गरिएको हो ।  पूर्वराष्ट्रपति यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने चिकित्सकले बताएका छन् ।  

'उहाँको अवस्था स्थिर छ। चिकित्सकको टोलीले थप स्वास्थ्य अवस्थाको मूल्यांकन गरिरहेको छ। त्यसैले उहाँ थप केही दिन चिकित्सकको निगरानीमा बस्नुहुन्छ,' चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राध्यापक डाक्टर भूपेन्द्रकुमार बस्नेतले भने । 

 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  २०:४०
Weather Update