News Griha :: न्यूजगृह
द्रुतमार्गको २६ प्रतिशत काम सम्पन्न
फाइल तस्बिर ।

काठमाडौं— नेपाली सेनाले काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा अहिलेसम्म २६ दशमलव १४ प्रतिशत प्रगति भएको जानकारी दिएको छ । 

जंगी अड्डामा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाले आर्थिक वर्ष २०८०/८१ को श्रावण मसान्तसम्म द्रुतमार्ग निर्माणको प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जानकारी दिएको हो । आयोजनाको करिब ९५ प्रतिशत प्याकेजहरू कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको जनाएको सेनाले खोकना इलाकामा द्रुतमार्गको शुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापन सम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधान पश्चात खरिद प्रक्रिया शुरु गर्ने गरी तयारी हालतमा रहेको आयोजना प्रमुख प्राविधिक उपरथी कमलविक्रम शाहले जानकारी दिए ।

त्यस्तै हालसम्म निर्माणाधीन तीन वटा सुरुङमार्गको जम्मा लम्बाइ ६.४१५ किलोमिटर मध्ये २.६६७ किलोमिटर अर्थात ४१.५७ प्रतिशत सुरुङ निर्माण कार्य सम्पन्न भएको सेनाले जनाएको छ । 

त्यस्तै महादेवटार सुरुङमार्गको जम्मा लम्बाइ ३.३५५ किलोमिटर मध्ये हालसम्म १.३८७ किलोमिटर निर्माण सम्पन्न भएको छ । त्यस्तै आयोजनाको समष्टिगत कार्य योजना अन्तर्रगतका ११ वटा कलस्टर मध्ये १३ वटा निर्माण प्याकेजका ७ वटा सम्पन्न भएको सेनाले जनाएको छ । 

आयोजनाको समष्टिगत वित्तीय प्रगति मोबिलाइजेसनसहित २८ दशमलव ११ प्रतिशत रहेको सेनाले जनाएको छ । आयोजनाअन्तर्गत तीनवटा सुरुङको जम्मा लम्बाइ ६ दशमलव ४१५ किलोमिटरमध्ये २ दशमलव ६६७ किलोमिटर अर्थात ४१ दशमलव ५७ प्रतिशत काम भएको सेनाले जनाएको छ । 

खोकना क्षेत्रमा द्रुतमार्गको सुरु बिन्दु निर्धारण गरी सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधान पश्चात खरिद प्रक्रिया सुरु गर्ने तयारी अवस्थामा रहेको आयोजना प्रमुख शाहले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  २०:०९
Weather Update