News Griha :: न्यूजगृह
जातीय र धार्मिक द्वन्द्व नफैलाउन प्रधानमन्त्रीको आग्रह
समाजवादी मोर्चा नेपालद्वारा आइतबार हेटौँडामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर :  प्रदीपराज वन्त/रासस

मकवानपुर— प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गरेका छन् ।

समाजवादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देश सभालाई आइतबार हेटौँडामा सम्बोधन गर्दै प्रचण्डले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरे ।

'हामीले जनआन्दोलन गर्दा कहिल्यै पनि जातीय र धार्मिक द्वन्द्व भएन तर र अब पनि हामी यस्तो कदापी हुन दिने छैनौँ,' प्रचण्डले भने । सङ्घीयता र समावेशिताका पक्षमा लड्नका लागि मोर्चा गठन भएको उनको भनाइ छ ।

सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन, सामाजिक न्यायको अभियान सुरु गरेपछि चौतर्फी आक्रमण सुरु भएको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

samajbadi sandesh sava11694349490.jpg

'वर्तमान सरकार परम्परागत संसदीय अभ्यासभन्दा पनि जनताका लागि जनपक्षीय व्यवस्था कायम गर्दे जनताको अवस्था सुधार गर्ने पक्षमा छ,' उनले भने ।

सरकार जनताको गणतन्त्र बनाउन चाहने दलहरूको एकता, बुर्जुवा र प्रतिक्रियावादीको शक्तिलाई हाबी हुन नदिन महत्वपूर्ण भूमिका खेलिरहेको प्रचण्डको भनाइ छ । समाजवादको आधार तयार पार्दै जनताको गणतन्त्र बनाउने अभियानमा लागिरहेको कारण पनि यो मुद्दामा एकजुट हुन आवश्यक रहेको प्रचण्डको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १८:१८
Weather Update