मौसम : आज कहाँ–कहाँ छ वर्षाको सम्भावना? बुधबार, भदौ २७, २०८०

करिब ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइने बुधबार, भदौ २७, २०८० प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तस्करी गरि हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन मंगलबार साँझ सकिएकाले बुधबार बुझाउन लागिएको ब्युरो प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।

श्रीलङ्कालाई हराउँदै भारत एसिया कपको फाइनलमा बुधबार, भदौ २७, २०८० भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । ‘सुपर फोर’ चरणको मंगलबार खेलिएको महत्त्वपूर्ण खेलमा सहआयोजक श्रीलङ्कालाई उसैको घरेलु मैदानमा ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको हो । टस जितेर पहिले ब्याटिङको निर्णय लिएको भारतले ४९.१ ओभरमा अलआउट हुनुअघि दुई सय १३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको...

६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन तयार, भोलि सरकारी वकिललाई बुझाइने मंगलबार, भदौ २६, २०८० लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन भोलि बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य आज साँझ सकिएकाले भोलि बुझाउने तय भएको ब्युरो प्रमुख किरण बज्राचार्यले जानकारी...

इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार मंगलबार, भदौ २६, २०८० इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा बीपीको सो भाषण उपहारस्वरूप हस्तान्तरण गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

ज्ञानेन्द्र मल्ल खेलाडी संघको उपाध्यक्षमा मनोनीत मंगलबार, भदौ २६, २०८० नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ । खेलाडी संघले ज्ञानेन्द्रसहित ३ सदस्य पनि मनोनयन गरेको हो ।

धरानका उपमेयर बेघाको घरमा तोडफोड, प्रहरीले शान्ति सुरक्षा नदिएको गुनासो मंगलबार, भदौ २६, २०८० धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा तोडफोड भएको छ । धरान उपमहानगरपालिका १५ स्थित खिरिया बस्तीमा पुगेर एउटा समूहले बेघाको घरमा तोडफोड गरेको हो । तोडफोडबाट झ्यालको सिसा फुटेको छ । उपप्रमुख बेघाका भाइ विष्णुलाई कुटपिट गर्न पुगेको समूहले घर तोडफोड गरेको हो । घर तोडफोड हुनेबित्तिकै खबर गरिए पनि...

आपराधिक लाभ लिएको आरोपमा एक जना पक्राउ मंगलबार, भदौ २६, २०८० आपराधिक लाभ लिएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ३२ बस्ने ३३ वर्षीय सुरजकुमार श्रेष्ठ छन् । उनलाई काँडाघारीबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा मंगलबार, भदौ २६, २०८० मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो । प्रतिनिधिसभा सदस्य नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो । बिहीबार सरकारले नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

विद्यालय शिक्षा विधेयकय : एसईई नगर्ने प्रस्ताव मंगलबार, भदौ २६, २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब कक्षा १० को परीक्षा विद्यालयले सञ्चालन गर्ने र कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ । १९९० सालमा नेपालमा एसएलसी परीक्षा वोर्डको स्थापना भएको थियो । ८३ वर्षसम्म रहेको एसएलसीलाई २०७३ सालमा सरकारले शिक्षा ऐनमा सामान्य संशोधन...

साढे १४ हजार घुस रकमसहित प्रधानाध्यापक पक्राउ मंगलबार, भदौ २६, २०८० आयोगले राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

सुवास नेम्वाङको पार्थिव शरीर भोलि बालुवाटारस्थित निवासमा राखिने मंगलबार, भदौ २६, २०८० संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा राखिने भएको छ। बुधबार दिउँसो १ बजेपछि नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिने नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।

नेम्वाङको निधनले कम्युनिष्ट आन्दोलनकै लागि ठूलो पीडाः एमाले मंगलबार, भदौ २६, २०८० कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले शोक वक्तव्य जारी गर्दै नेम्वाङको अकल्पनीय, आकस्मिक र अत्यन्त दुःखद निधनबाट पार्टी स्तब्ध र मर्माहत भएको बताएका छन् । उनले नेम्वाङको असामयिक देहावसानले एमाले पार्टी पङ्क्तिका लागि मात्रै नभई नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकै लागि ठूलो पीडा र क्षति पुगेको उल्लेख गरेका छन् ।









