News Griha :: न्यूजगृह
तनहुँमा ७ सय ३२ जनामा डेंगु संक्रमण पुष्टि 
तनहुँमा ७ सय ३२ जनामा डेंगु संक्रमण पुष्टि  तनहुँमा ७ सय ३२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । साउनयता जिल्लाका विभिन्न ठाउँका ७ सय ३२ मा डेंगु संक्रमण पुष्टि भएको छ भने एकको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
जुम्लामा कर्मचारी नहुँदा नागरिकता वितरण ठप्प 
जुम्लामा कर्मचारी नहुँदा नागरिकता वितरण ठप्प  सिञ्जा गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी नहुँदा नागरिकता वितरण कार्य ठप्प भएको छ । कार्यालयमा कर्मचारीको अभाव हुँदा नागरिकता वितरण कार्य बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
भोजपुरमा भेटिए कालाजारका बिरामी
भोजपुरमा भेटिए कालाजारका बिरामी भोजपुर जिल्लामा कालाजारका बिरामी फेला परेका छन् । पौवादुङमा गाउँपालिका—५ सानो दुम्माका दुई जनामा कालाजारको संक्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । 
टेलिकमको नेटवर्कमा समस्या 
टेलिकमको नेटवर्कमा समस्या  नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । गोरखाको अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाका विभिन्न क्षेत्रमा समस्या आएको हो ।
सुन तस्करी प्रकरण : सीआईबीले बनायो ५० जनालाई प्रतिवादी
सुन तस्करी प्रकरण : सीआईबीले बनायो ५० जनालाई प्रतिवादी सुन तस्करी घटनाको अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउन लागेको सीआईबीले ५० जनालाई प्रतिवादी बनाएको हो । सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार प्रतिवादीमध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार छन् ।
अल्बानिया पठाइदिन्छु भन्दै दुई लाख बढी रकम ठगी गर्ने महिला पक्राउ
अल्बानिया पठाइदिन्छु भन्दै दुई लाख बढी रकम ठगी गर्ने महिला पक्राउ वैदेशिक रोजगारीका लागि अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापा जिल्ला बिर्तामोड स्थायी घर भई हाल काठमाडौं सिनामंगल बस्ने २५ वर्षीया सुधा चौधरी रहेकी छिन् ।
उत्तर कोरियाले गर्‍यो छोटो दूरीका दुई मिसाइल प्रहार
उत्तर कोरियाले गर्‍यो छोटो दूरीका दुई मिसाइल प्रहार उत्तर कोरियाले छोटो दूरीका दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेकाे छ । उत्तर कोरियाली नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेलगत्तै कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दूरीका दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।
रामेछापको सुनापतिमा बस दुर्घटना, दुई जना गम्भीर घाइते
रामेछापको सुनापतिमा बस दुर्घटना, दुई जना गम्भीर घाइते रामेछापको सुतापति गाउँपालिका–३ देउसी चौतारोमा बुधबार बिहान भएको बस दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । रामेछापकै दोरम्बा शैलुङ गाउँपालिका–५ रजमनटारबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेकोको हो ।
काठमाडौं आइपुगे सुवास नेम्वाङका छोरा
काठमाडौं आइपुगे सुवास नेम्वाङका छोरा संविधान सभा अध्यक्ष सुवास  नेम्वाङका कान्छा छोरा सुहाङ काठमाडौं आइपुगेका छन् ।
घट्यो सुनको मूल्य, ताेलाकाे कति ?
घट्यो सुनको मूल्य, ताेलाकाे कति ? नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार ८ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
भोजपुरे खुकुरी बनाएर वार्षिक १० लाख कमाइ
भोजपुरे खुकुरी बनाएर वार्षिक १० लाख कमाइ भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले आम्दानी गर्दै आएका छन् । उनले लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर वार्षिक ८ लाखदेखि १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।
लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य
लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।
Weather Update