News Griha :: न्यूजगृह
भोजपुरमा भेटिए कालाजारका बिरामी

भोजपुर— भोजपुर जिल्लामा कालाजारका बिरामी फेला परेका छन् । पौवादुङमा गाउँपालिका—५ सानो दुम्माका दुई जनामा कालाजारको संक्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

७ वर्षीय बालक बिरामी भएपछि उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा कालाजार देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।

बच्चामा कालाजार देखिएपछि १२ जनाको स्वास्थ्य परीक्षण गर्दा थप एक जना ६६ वर्षीय वृद्धमा कालाजार देखिएको पौवादुङमा–५ सानोदुम्माका वडा अध्यक्ष बोमप्रसाद राईले जानकारी दिए ।

वडामा कालाजार देखिएपछि रोकथामसँगै थप फैलन नदिन सतर्कता अपनाइएको उनले बतए ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १३:१६
Weather Update