जबरजस्ती करणी मुद्दामा सिद्धबाबालाई सफाइ बुधबार, भदौ २७, २०८०

परिणाममुखी कामका लागि जोखिम मोल्न तयार हुनुपर्छ : प्रधानमन्त्री दाहाल बुधबार, भदौ २७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा उनले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै कार्यादेशअनुसार जोखिम उठाउन आवश्यक भएको बताए ।

ठुला पार्टीबीच देश लुटिरहने सहमति भएको छ : राप्रपा अध्यक्ष लिङ्देन बुधबार, भदौ २७, २०८० बुधबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका केन्द्रीत विरोध सभा कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र अनुसन्धान भएको भए झन् ठुला ठुला मानिस पर्छन् भनेर सामसुम गरेको आरोप लगाए ।

नेप्से ३९ अंकले बढ्दा करिब डेढ अर्बको कारोबार बुधबार, भदौ २७, २०८० शेयर बजारको चौथो दिन कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। मंगलबार दोहोरो अंकले ओरालो लागेको बजार बुधबार भने तीव्र उचारचढावका बीच परिसूचक ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको हो।

मृत भेटिएका मेजर पण्डितको शव डोल्पाबाट काठमाडौं ल्याइयो बुधबार, भदौ २७, २०८० डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपति मेजर विमल पण्डितको शव काठमाडौं ल्याइएको छ । भदौ १० गतेदेखि सम्पर्कविहीन भएका काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका डाँछीका ३८ वर्षीय पण्डितको शव १६ दिनपछि मंगलबार भेरी नदीमा फेला परको थियो ।
![काठमाडौंमा राप्रपाको विरोध प्रदर्शन [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/rpp pradasan61694599687.jpg)
काठमाडौंमा राप्रपाको विरोध प्रदर्शन [तस्बिरहरू] बुधबार, भदौ २७, २०८०

बहुप्रतिक्षित आईफोन १५ सिरिज सार्वजनिक, के-के छन् विशेषता? बुधबार, भदौ २७, २०८० एप्पलले आफ्नो बहुप्रतिक्षित आईफोन १५ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार एप्पल इभेन्टमार्फत आईफोन १५ सिरिज सार्वजनिक गरेको हो। आईफोन १५ सिरिज अन्तर्गत आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स छन् । आईफोन प्रो र प्रो म्याक्स अहिलेसम्मकै सबैभन्दा हलुका प्रो मोडेल हुन्...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गतेका लागि सर्यो बुधबार, भदौ २७, २०८० नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गते दिउँसो १ बजेका लागि सरेको छ । यसअघि बैठक असोज २ गतेका लागि तय भएको थियो । नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरि बैठक सरेको जानकारी दिएका छन् ।

मोहनजंगमाथि रास्वपाले थाल्यो अनुसन्धान बुधबार, भदौ २७, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्य मोहनजंग थापामाथि अनुसन्धान थालेको छ । पार्टीबाट बर्खास्तमा परेका पूर्व सांसद ढाकाकुमार श्रेष्ठले सभापति रवि लामिछानेसँग निकट रहेका थापाले मन्त्री बनाउँछु भनेर आफूसँग ३ करोड रुपैयाँ मागेको बताएका थिए ।

नेम्वाङको अन्त्येष्टि हिन्दु र लिम्बू दुबै परम्पराअनुसार हुने बुधबार, भदौ २७, २०८० हृदयघातबाट निधन भएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि हिन्दु र लिम्बू दुबै परम्पराअनुसार हुने भएकोे छ । नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलबाट बालुवाटारस्थित घरमा लगिएको छ। निवासमा लिम्बु परम्पराअनुसारको विधि गरिने उनका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए।

सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सीआईबीले बुझायो बुधबार, भदौ २७, २०८० प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ । सीआईबीले रेडी ट्रेडमार्फत तस्करी भएको सुनमा ५० जनालाई प्रतिवादी बनाएको छ र ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड, २ लाख १६ हजार...

सङ्खुवासभामा कैदी मृत्यु प्रकरण : थुनछेक बहस सुरु बुधबार, भदौ २७, २०८० सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ ।

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगियो बुधबार, भदौ २७, २०८० नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरिरलाई घर लगिएको छ ।ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिएको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।









