News Griha :: न्यूजगृह
नेप्से ३९ अंकले बढ्दा करिब डेढ अर्बको कारोबार

काठमाडौं— शेयर बजारको चौथो दिन कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। मंगलबार दोहोरो अंकले ओरालो लागेको बजार बुधबार भने तीव्र उचारचढावकाबीच परिसूचक ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको हो।

सेन्सेटिभ इन्डेक्स ७.६६ अंकले बढेर ३८६.८१ विन्दुमा पुगेको छ। नेप्से परिसूचक मात्रै नभइ कारोबार रकम पनि मंगलबारको तुलनामा बढेको छ।

बुधबार २७५ कम्पनीको ५१ लाख ४४ हजार ७२४ कित्ता शेयर १ अर्ब ४९ करोड ५५ लाख २१ हजार ९०५ रुपैयाँमा खरिदबिक्री भयो। मंगलबार नेप्से परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा अडिएको थियो। सो दिन २७६ कम्पनीको ३९ लाख १६ हजार १६१ कित्ता शेयर १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँमा खरिदबिक्री भयो।

सोमबार नेप्से परिसूचक ४४.३० अंकले बढेर १९८६.९९ विन्दुमा पुगेको थियो। सो दिन १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँको शेयर खरिदबिक्री भयो।

साताको पहिलो कारोबार दिन आइतबार १ अर्ब ७ करोड २२ लाख बराबरको शेयर कारोबार भएको थियो। यसदिन दुईवटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बरुण हाइड्रोपावर र शुभम् पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ७ करोड ९३ लाख मूल्य बराबरको शेयर कारोबार भयो। सोल्टी होटलको ६ करोड ७० लाख र एभरेस्ट बैंकको ६ लाख ३८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो।

१३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। बुधबार हाइड्रोपावर उपसमूहको उपसूचक सर्वाधिक ३ प्रतिशतले बढ्यो।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १६:३१
Weather Update