News Griha :: न्यूजगृह
नेम्वाङको शवयात्राको तयारी, यस्तो छ रुट
नेम्वाङको शवयात्राको तयारी, यस्तो छ रुट नेकपा एमालेले शवयात्राको रुट तय गरेको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइने उल्लेख छ ।  
प्रस्तावित शिक्षा ऐन : शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर हुनैपर्ने
प्रस्तावित शिक्षा ऐन : शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर हुनैपर्ने सरकारले प्रस्तावित संघीय शिक्षा ऐन (शिक्षा विधेयक) मा आधारभूत तहको शिक्षक बन्न कम्तीमा स्नातक र माध्यमिक तहको शिक्षक हुन स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्ने प्रस्ताव गरेको छ । 
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर [सूचीसहित]
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर [सूचीसहित] जसअनुसार भारतीय एक सय रुपैयाँको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ ०८ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ २५ पैसा र बिक्री दर...
आज बुबाको मुख हेर्ने दिन, तपाईंको राशिफल कस्तो छ ?
आज बुबाको मुख हेर्ने दिन, तपाईंको राशिफल कस्तो छ ? २०८० भदौ २८ गते बिहीबार । भदौ कृष्ण औंसी । पञ्चाङ्ग साध्य चतुष्पद पूर्व । कुशे औंसी । बुबाको मुख हेर्ने दिन । मोतीराम जन्मजयन्ती । 
कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना?
कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना? जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरू तथा  बाँकी प्रदेशको एकदुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित  हल्का वर्षाको  भइरहेको  छ।
दुवै सदनको बैठक बस्दै
दुवै सदनको बैठक बस्दै संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार राष्ट्रिय सभा बैठक दिउँसो २ बजेर ३१ मिनेटका लागि बोलाइएको छ भने प्रतिनिधि सभा बैठक दिउँसो ३ बजे बोलाइएको छ । दुवै सदनको बैठकले नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गर्नेछ । 
आज मोती जयन्ती, युवाकवि मोतीराम भट्टको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै
आज मोती जयन्ती, युवाकवि मोतीराम भट्टको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती बिहीबार नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन
आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्‍याइएको  कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा....
सुवास नेम्वाङको निधनमा आज शोक बिदा
सुवास नेम्वाङको निधनमा आज शोक बिदा प्रतिनिधि सभा सदस्यसमेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । सरकारको निर्णय अनुसार आज नेपालभरका सबै सरकारी कार्यालय बन्द रहने छन् भने विदेशस्थित नेपाली दूतावास र नियोगमा समेत बिदा हुनेछ र सबै सरकारी निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।   
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिँदै
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिँदै हृदयघातबाट निधन भएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङको बिहीबार बिहान राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदै छ । नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदासमेत दिएको छ । नेम्वाङको मंगलबार बिहान निधन भएको हो  ।  हिन्दु र लिम्बू दुवै परम्पराअनुसार नै नेम्वाङको अन्त्येष्टि गरिने नेकपा एमालेले जनाएको छ ।
एसिया कराते कप : बझाङका सुदीपले दिलाए नेपाललाई प्रथम स्थान
एसिया कराते कप : बझाङका सुदीपले दिलाए नेपाललाई प्रथम स्थान साउथ एसियन कराते प्रतियोगिता–२०८० मा बझाङका सुदीप कठायतले नेपाललाई प्रथम स्थान दिलाएका छन् । भारतको चेन्नईमा सम्पन्न भएको कराते कपमा नेपालको तर्फबाट खेलेका कठायतले ५५ केजी तौलबाट प्रथम भएका हुन् ।
उदयपुरमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु
उदयपुरमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा बुधबार साढे १ बजे जिल्लाको बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।
Weather Update