स्वास्थ्य मन्त्रालयले गर्यो उपत्यकाका ७ अस्पतालको अनुगमन, सबैमा लथालिङ्ग बुधबार, भदौ २७, २०८०
अब बलियो भएर देशको नेतृत्व कांग्रेसले गर्छ : महामन्त्री शर्मा बुधबार, भदौ २७, २०८० नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले कांग्रेस नयाँ ढंगले अगाडि बढ्ने क्रममा रहेको बताएका छन् । देश रूपान्तरणका लागि कांग्रेसका १५ वर्षे योजना तथा लक्ष्यका बारेमा प्रष्ट्याउँदै उनले सबै नेपालीले आत्मसम्मानका साथ बाँच्न पाउने देश निर्माणमा कांग्रेस जुटेको सुनाए ।
1684206856.jpg)
व्यावसायिक फूल खेतीमा युवा, तिहारमा २० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, भदौ २७, २०८० लहरै रोपिएका सयपत्री फूलका बिरुवा । कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा जुटेका छन् व्यावसायी दशरथ साउद । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेका छन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा कांग्रेस कार्यकर्ताले चित्त दुखाउन हुँदैन : गगन थापा बुधबार, भदौ २७, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्दा कांग्रेसका कार्यकर्ताले चित्त दुखाउन नहुने बताएका छन् । नेपाली कांग्रेस पोखरा महानगर समितिको दोस्रो महानगर सम्मेलनलाई बुधबार पोखरामा सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन् ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै काठमाडौं महानगर बुधबार, भदौ २७, २०८० काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको क्रममा रहेको बताएको छ । कामपा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार सबै सामुदायिक विद्यालयलाई विद्यार्थी र अभिभावको आकर्षणको केन्द्र बनाउने हो जहाँ राम्रा भनिने निजी विद्यालयले दिने शिक्षाको गुणस्तरभन्दा कम हुने छैन ।

प्रस्तावित शिक्षा ऐन : शिक्षकले बहुविवाह गर्न नपाइने बुधबार, भदौ २७, २०८० प्रस्तावित शिक्षा ऐन (विद्यालय शिक्षा विधेयक) विद्यालयमा पढाउने शिक्षकहरूले बहुविवाह गर्न नपाइने व्यवस्था गरिएको छ ।

अर्थतन्त्रलाई गम्भीर रूपमा नलिए अप्ठेरो स्थिति आउनसक्छ : प्रधामन्त्री दाहाल बुधबार, भदौ २७, २०८० ‘म प्रधानमन्त्री हुँदै गर्दा एउटा आतंक थियो । नेपालमा अर्थतन्त्र पतन भयो अथवा नेपाल श्रीलंका भई नै सक्यो भन्या जस्तो थियो । कम्तिमा अहिले त्यस्तो छैन । अहिले हामीले जे पहल गरेका छौं त्यो आतंक चाहीँ छैन तर अर्थतन्त्र चर्को दबाबमा अहिले पनि छ,’ उनले थपे, ‘अर्थतन्त्र सहज भइसक्यो भन्ने...

सुविधा खोसिने भएपछि आर्थिक सुधारका नीति कार्यान्वयनमा अवरोध भयो : अर्थमन्त्री महत बुधबार, भदौ २७, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक सुधारका लागि सरकारद्वारा चालिएका कदममा अवरोध हुन थालेको बताएका छन् । दोस्रो चरणको आर्थिक सुधारका क्रममा थालिएका नीतिगत तथा संरचनागत परिवर्तनका प्रयासबाट रुष्ट भएकाले असहयोग गरिरहेको उनको भनाइ छ ।

प्रहरीको पोशाक दुरुपयोग भयो, पूर्वस्वीकृति लिएर मात्र प्रयोग गर्नु : महानिरीक्षकको सचिवालय बुधबार, भदौ २७, २०८० नेपाल प्रहरीले आफ्नो पोशाक दुरुपयोग भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले बुधबार एक विज्ञप्ति जारी गर्दै चलचित्र, म्युजिक भिडिओ, सामाजिक सञ्जाल, स्टेज कार्यक्रमलगायतमा प्रहरीको पोशाक लगाएर अपशब्द बोलेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

देशमा तस्कर र भ्रष्टमात्रै बाँच्नसक्ने अवस्था सिर्जना भयो : ज्ञानेन्द्र शाही बुधबार, भदौ २७, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा तस्कर र भ्रष्टमात्रै बाँच्न सक्ने अवस्था सिर्जना भएको बताएका छन् ।

निधनको अघिल्लो दिन पनि कानुन निर्माणमै व्यस्त थिए सुवास बुधबार, भदौ २७, २०८० प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गठित उपसमितिलाई सहमतिका साथ कानुनी र राजनीतिक सहमति जुटाउने सवालमा सांसद नेम्वाङले एक प्रकारले अगुवाइ गर्दै आएका थिए ।

आपूर्तिमन्त्री रिजाल भन्छन्— साल्ट ट्रेडिङले कृषि क्षेत्रमा पनि योगदान गर्न आवश्यक छ बुधबार, भदौ २७, २०८० सहजरूपमा आयोडिनयुक्त नुन उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड आफ्नो स्थापनाको ६० वर्ष पूरा गरी ६१ औं वर्ष प्रवेश गरेको छ ।
1688303615.jpg)
प्रस्तावित शिक्षा ऐनकाे विषयमा छलफल गर्न विद्यालय कर्मचारी परिषद्ले बाेलायाे बैठक बुधबार, भदौ २७, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले बिहीबार प्रस्तावित शिक्षा ऐन (विद्यालय शिक्षा विधेयक) का विषयमा छलफल गर्ने भएको छ ।









