देशमा तस्कर र भ्रष्टमात्रै बाँच्नसक्ने अवस्था सिर्जना भयो : ज्ञानेन्द्र शाही

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा तस्कर र भ्रष्टमात्रै बाँच्नसक्ने अवस्था सिर्जना भएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित राप्रपाको उपत्यका केन्द्रित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई भ्रष्ट र तस्करको देशको रुपमा विकसित गरिएको भन्दै असल मानिस देश छोड्न बाध्य भएको बताए ।
उनले भने, ‘१२ हजारभन्दा बढीले जागिर छोड्दै छन् । यो देशमा तस्कर र भ्रष्टमात्रै छन् । इमान्दार कर्मचारी यो देशमा बाँच्न सक्दैन । त्यस्तो अवस्था सिर्जना भएको छ ।’
उनले २०८४ सालमा चुनाव जितेर मात्रै पनि कुनै उपलब्धि नहुने उनले बताए ।
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८० १८:४३