News Griha :: न्यूजगृह
सुवास नेम्वाङको शव यात्रा सुरु
सुवास नेम्वाङको शव यात्रा सुरु हृदयघातबाट मंगलबार बिहान निधन भएका संविधान सभा अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । अहिले नेम्वाङको शव यात्रा सुरु भएको छ । उनको निवास बालुवाटारबाट शव निकालिएको हो । बालुवाटारमै सेनाले सलामी दिएको छ ।
सुन तस्करी प्रकरणको अनुसन्धान रोकिँदैन : सीआईबी
सुन तस्करी प्रकरणको अनुसन्धान रोकिँदैन : सीआईबी बुधबार सीआईबीले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयका अनुसार एक दुई दिनमै मुद्दा अदालत जाँदै छ तर सात कम्पनीबाट ३६२ किलो सुन तस्करी भएको तथ्य पत्ता लगाए पनि अहिलेसम्म जम्मा ६० किलो ७१६ ग्राम मात्रै सुन बरामद भएको छ ।
प्रस्तावित शिक्षा ऐन : विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रदै शिक्षक महासंघ 
प्रस्तावित शिक्षा ऐन : विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रदै शिक्षक महासंघ  नेपाल शिक्षक महासंघले प्रस्तावित शिक्षा ऐन (शिक्षा विधेयक) को विरोधमा काठमाडौं केन्द्रित आन्दोलन घोषणा गरेको छ । बुधबार महासंघले एक विज्ञप्ति जारी गरी सो विधेयकको विरोधमा देशभरका सबै विद्यालय ठप्प पारी काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको हो ।
धादिङमा विद्यार्थीलाई सडकमै ट्राफिक शिक्षा
धादिङमा विद्यार्थीलाई सडकमै ट्राफिक शिक्षा जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङले विद्यार्थीलाई ट्राफिक शिक्षा दिन सुरु गरेको छ । राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यून गर्न विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउन थालिएको हो ।
चितवन निकुञ्जमा बाघ राख्ने ठाउँ पाइएन
चितवन निकुञ्जमा बाघ राख्ने ठाउँ पाइएन चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ अभाव भएको छ । ठाउँ अभाव भएपछि बाघ बर्दिया पठाइएको छ । नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुई बाघमध्ये एउटालाई बुधबार साँझ बर्दिया पठाइएको हो ।
गोकर्णेश्वरमा बुबाको श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]
गोकर्णेश्वरमा बुबाको श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू] आज भाद्रकृष्ण औँसीका दिन छोराछोरीले परम्पराअनुसार बुबालाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुबा नहुनेले विभिन्न पवित्र स्थानमा गई बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । साेही क्रममा: आज काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बुबा...
प्रस्तावित शिक्षा ऐनमा विद्यालय कर्मचारीको दरबन्दीबारे के भनिएको छ ?
प्रस्तावित शिक्षा ऐनमा विद्यालय कर्मचारीको दरबन्दीबारे के भनिएको छ ? प्रस्तावित संघीय शिक्षा ऐन (शिक्षा विधेयक) संघीय संसद् सचिवालयमा दर्ता भइसकेको छ ।
न्युजिल्याण्ड विरुद्ध इंग्ल्यान्डको सानदार जित, स्टोक्सले बनाए कीर्तिमानी १८२ रन
न्युजिल्याण्ड विरुद्ध इंग्ल्यान्डको सानदार जित, स्टोक्सले बनाए कीर्तिमानी १८२ रन इंग्ल्यान्डलाई जिताउन बेन स्टोक्सले कीर्तिमानी १८२ रन बनाए । १२४ बल खेलेका स्टोक्सले १५ चौका र ९ छक्का प्रहार गरे । इंग्ल्यान्डका लागि ओडीआईमा एकै खेलमा सर्वाधिक रन बनाउने नयाँ कीर्तिमानसमेत स्टोक्सले बनाएका छन् । यसअघि ज्यासन रोएको नाममा १८० रनको कीर्तिमान थियो ।
चरन क्षेत्र अभावले भेडापालन व्यवसाय सङ्कटमा
चरन क्षेत्र अभावले भेडापालन व्यवसाय सङ्कटमा डापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन् । भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ । भोजपुर चरनको अभाव भएको छ । सामुदायिक वनले भेडा चराउन नदिएपछि समस्या भएको किसान बताउँछन् । चरन क्षेत्रको अभावले व्यवसाय नै सङ्कटमा परेको भेडापालक कृषक गोविन्द बस्नेतले...
काठमाडौंका नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौंका नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह काठमाडौंका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दा र नदी किनारको सडकबाट यात्रा गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
काठमाडौं र ललितपुरका यी क्षेत्रमा तीन दिनसम्म विद्युत् प्रसारण अवरुद्ध हुने 
काठमाडौं र ललितपुरका यी क्षेत्रमा तीन दिनसम्म विद्युत् प्रसारण अवरुद्ध हुने  नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका केही क्षेत्रमा लगातार तीन दिन विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । बिहीबार एक सूचनामार्फत प्राधिकरणले काठमाडौंका केही र ललितपुरका विभिन्न क्षेत्रमा शुक्रबार र शनिबार विद्युत् प्रसारण अवरुद्ध हुने जानकारी दिएको हो ।
एसिया कप क्रिकेटमा आज श्रीलंका र पाकिस्तान भिड्दै 
एसिया कप क्रिकेटमा आज श्रीलंका र पाकिस्तान भिड्दै  श्रीलंका रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ भने पाकिस्तान तेस्रो स्थानमा। श्रीलंका साविक विजेता हो भने पाकिस्तान वानडे क्रिकेटको वरियताको नम्बर वान । यस अघि पाकिस्तान भारतसँग २ सय २८ रनको फराकिलो अन्तरमा पराजित भएको थियो भने श्रीलंका मंगलबार भारतसँग ४१ रनले नै पराजित भएको थियो।
Weather Update