News Griha :: न्यूजगृह
अर्थतन्त्रलाई गम्भीर रूपमा नलिए अप्ठेरो स्थिति आउनसक्छ : प्रधामन्त्री दाहाल  

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्रलाई गम्भीर रूपमा नलिए अप्ठेरो स्थिति आउनसक्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले नेपालको अर्थतन्त्र अझै पनि चर्को दबाबमा रहेको स्वीकार गर्दै यो अवस्थालाई गम्भीर रुपमा नलिए अप्ठेरो स्थिति आउने बताए ।

‘म प्रधानमन्त्री हुँदै गर्दा एउटा आतंक थियो । नेपालमा अर्थतन्त्र पतन भयो अथवा नेपाल श्रीलंका भई नै  सक्यो भन्या जस्तो थियो । कम्तिमा अहिले त्यस्तो छैन । अहिले हामीले जे पहल गरेका छौं त्यो आतंक चाहीँ छैन तर अर्थतन्त्र चर्को दबाबमा अहिले पनि छ,’ उनले थपे, ‘अर्थतन्त्र सहज भइसक्यो भन्ने मेरो बुझाइ छैन । स्थिति गम्भीर छ । हामी सबैले गम्भीर ढंगले नलिने हो भने अप्ठेरो स्थिति बन्न सक्छ ।’

उनले देशको आर्थिक अवस्था सुधार तथा सुशासनको पक्षमा सरकारले सकेको जति बल गरेर काम गरिरहेको बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १९:४७
Weather Update