मृत भेटिएका मेजर पण्डितको शव डोल्पाबाट काठमाडौं ल्याइयो

काठमाडौं— डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपति मेजर विमल पण्डितको शव काठमाडौं ल्याइएको छ ।
भदौ १० गतेदेखि सम्पर्कविहीन भएका काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका डाँछीका ३८ वर्षीय पण्डितको शव १६ दिनपछि मंगलबार भेरी नदीमा फेला परको थियो ।
पण्डितको शव बुधबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
मेजर पण्डितको शव मंगलबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ करवगाडस्थित चिन्डेबगरनजिक भेरी नदीको किनारमा फेला परेको थियो । मेजर पण्डितको मृत्युको कारण भने खुलेको छैन ।
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८० १६:१६