News Griha :: न्यूजगृह
साढे १४ हजार घुस रकमसहित प्रधानाध्यापक पक्राउ
साढे १४ हजार घुस रकमसहित प्रधानाध्यापक पक्राउ घुस रकमसहित एक जना प्रधानाध्यापक पक्राउ परेका छन् ।
बालविकास केन्द्रको विवरण पठाउन सबै इकाईलाई पत्राचार
बालविकास केन्द्रको विवरण पठाउन सबै इकाईलाई पत्राचार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रारम्भिक बालविकास केन्द्रको संख्याको विवरण पठाउन ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई पत्राचार गरेको छ ।
तरकारी र फलफूलको मूल्यमा सामान्य घट्बढ 
तरकारी र फलफूलको मूल्यमा सामान्य घट्बढ  जसअनुसार, बजारमा आज नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी ६० रुपैयाँ तोकिएको छ । लोकल सानो गोलभेँडा ५० रुपैयाँ प्रतिकेजी रहेको छ । यस्तै रातो आलुको मूल्य ५६ रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । आज स्थानीय काउलीको मूल्य भने प्रतिकेजी ९० रुपैयाँ पुगेको छ । 
स्वास्थ्य मन्त्रीसमक्ष क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन
स्वास्थ्य मन्त्रीसमक्ष क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण गर्न पुग्नुभएका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन् ।
राप्रपाले काठमाडौंमा प्रदर्शन गर्ने
राप्रपाले काठमाडौंमा प्रदर्शन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गौ हत्याको विरोधसहित बुधबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राजतन्त्र पुनर्बहाली, हिन्दु राष्ट्रको माग, सङ्घीयता खारेजीलगायतको माग राखेर काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।
किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजबाट
किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजबाट किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ बुधबारदेखि निःशुल्क लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पतालबाट खोप अभियानको उद्घाटन गर्नेछन् ।
लिबियामा विनाशकारी बाढी : २३ सयको मृत्यु
लिबियामा विनाशकारी बाढी : २३ सयको मृत्यु लिबियामा आएको विनाशकारी बाढीले गरेको विनाशबारे विश्वव्यापी चिन्ता फैलिँदै जाँदा, धेरै राष्ट्रहरूले युद्धग्रस्त देशलाई मद्‍दत गर्न तत्काल सहायता र उद्धार टोलीहरू पठाउने प्रस्ताव गरेका छन् । संयुक्त राष्ट्र सङ्घका एक अधिकारीले ‘ठूलो अनुपातको विपत्ति’ भनेका छन्।
नेम्वाङप्रति आज दिउँसो १ बजेसम्म श्रद्धाञ्जली दिन सकिने
नेम्वाङप्रति आज दिउँसो १ बजेसम्म श्रद्धाञ्जली दिन सकिने संविधान सभा अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङप्रति बुधबार दिउँसो १ बजेसम्म श्रद्धाञ्जली दिन सकिने छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जली अर्पण गर्न सकिने व्यवस्था गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आजको विदेशी मुद्राको विनिमय दर कति ? जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४६ पैसा रहेको छ।
आज भदौ कृष्ण चतुर्दशी तिथि, यस्तो छ तपाईंको राशिफल
आज भदौ कृष्ण चतुर्दशी तिथि, यस्तो छ तपाईंको राशिफल भदौ २७ गने बुधबार । भदौ कृष्ण चतुर्दशी तिथि । पञ्चाङ्ग सिद्ध विष्टि/भद्रा मघा, विश्व सेप्सिस दिवस । तपाईं आफ्नो राशिफल हेर्नुस् ।
भक्तपुरबाट पठाइएका बाल कैदीले उत्पात मच्चाएपछि वीरगन्जको बाल सुधार गृह तनावग्रस्त
भक्तपुरबाट पठाइएका बाल कैदीले उत्पात मच्चाएपछि वीरगन्जको बाल सुधार गृह तनावग्रस्त पर्साको वीरगन्जस्थित बाल सुधार गृह रातभर तनावग्रस्त बनेको छ । बाल कैदीबन्दीले तोडफोड र प्रहरीमाथिसमेत ढुङ्गामुढा गरेका हुन् । मंगलबार राति करिब ८ बजे बाल गृहमा रहेका बाल कैदीबन्दीबीच आपसी विवाद भएको थियो । विवाद चर्केपछि केही बाल कैदीबन्दीले तोडफोड र ढुङ्गामुढा सुरु गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे पर्‍यो...
धरानका उपप्रमुख बेघाको घर तोडफोड गर्ने एकजना पक्राउ
धरानका उपप्रमुख बेघाको घर तोडफोड गर्ने एकजना पक्राउ सुनसरीको धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घर तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुनसरी प्रहरी प्रमुख एसपी बिपिन गौतमले घटनामा संलग्न एक जनालाई मंगलबार साँझ पक्राउ गरिएको जानकारी दिए पनि उनको नाम भने सार्वजनिक गर्न मानेनन् ।
Weather Update