तनहुँमा ७ सय ३२ जनामा डेंगु संक्रमण पुष्टि

तनहुँ— तनहुँमा ७ सय ३२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । साउनयता जिल्लाका विभिन्न ठाउँका ७ सय ३२ मा डेंगु संक्रमण पुष्टि भएको छ भने एकको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
व्यास नगरपालिकामा कार्यरत इञ्जिनियर कमलप्रसाद शर्माको डेंगुबाट मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
उनले डेंगु परीक्षणका लागि दमौली अस्पतालमा किट पर्याप्त मात्रामा रहेको जानकारी दिँदै संकमणबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरे ।
प्रमुख अधिकारीका अनुसार गतवर्ष जिल्लामा डेंगु संक्रमित हुनेको संख्या एक सय भन्दा बढी थियो । लामखुट्टेको टोकाइबाट डेंगु हुने भएकाले यसबाट जोगिनु नै डेंगुबाट जोगिने उपयुक्त उपाय भएको उनको भनाइ थियो ।
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८० १३:५०