अल्बानिया पठाइदिन्छु भन्दै दुई लाख बढी रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौं— वैदेशिक रोजगारीका लागि अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा जिल्ला बिर्तामोड स्थायी घर भई हाल काठमाडौं सिनामंगल बस्ने २५ वर्षीया सुधा चौधरी रहेकी छिन् ।
चौधरीले उत्तम राजवंशीलाई वैदेशिक रोजगारीको लागि अल्बानिया पठाइदिने प्रलोभनमा पारी दुई लाख ७ हजार रुपैयाँ ठगी गरेकी हुन् ।
प्रहरीले चौधरीलाई खोजतलास गर्ने क्रममा सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८० १२:२६