पौडी खेल्ने क्रममा नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु सोमबार, असोज १, २०८०

राष्ट्रिय सभा अध्यक्षसँग र अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट सोमबार, असोज १, २०८० राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छिन् । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सोमबार दिउँसो भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

मनाइयो वास्तु दिवस, गरियो विश्वकर्मा पूजा सोमबार, असोज १, २०८० विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाइएको हो । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत सहभागी गराई यो दिवस मनाउने चलन छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती नदीको मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध जल भएको नदी किनारलगायत...

साँझ ५ बजेसम्म करिब पौने तीन लाखले गरे पशुपति दर्शन सोमबार, असोज १, २०८० भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज तीर्थालुहरूले देवाधिदेव महादेवको पूजा आराधना मनाइरहेका छन् ।पर्वका अवसरमा आज बिहानैदेखि विभिन्न महादेव मन्दिरमा दर्शनार्थीको ठुलो भिड छ ।

शेखर कोइरालाले बोलाए आफू पक्षको बैठक, महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेललाई पनि निम्तो सोमबार, असोज १, २०८० कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजे बैठक बस्ने एक नेताले जानकारी दिए । कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

शिक्षक महासंघलाई दुहवीकाे चेतावनी— विद्यालय बन्द गरे कारबाही गर्छौं सोमबार, असोज १, २०८० दुहवी नगरपालिका सुनसरीले विद्यालय बन्द गरेर विद्यार्थीको पठनपाठनमा अवरोध पुर्याए कानुन बमोजिम कारबाही गर्ने बताएको छ ।

न्यूरोडको टिपटप समोसालाई महानगरको कारबाही, अखाद्य वस्तु बेच्दा २ लाख जरिवाना सोमबार, असोज १, २०८० बजार अनुगमनका क्रममा काठमाडौं महानगरपालिका वडा नं १७ मा सञ्चालित उक्त मिठाई पसलले अखाद्य वस्तु बेचेको पाइएपछि दुई लाख जरिवाना गरिएको काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

‘शिक्षा विधेयक सरोकारवालाको सुझावका आधारमा मात्र पारित हुन्छ’ सोमबार, असोज १, २०८० प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक सुझावका आधारमा पारित गरिने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले आयोजना गरेको अन्तर्कियामा उनले सो कुरा बताएका हुन् ।

काभ्रेमा रैथाने बाली प्रवर्द्धन गर्न बजेट अभाव सोमबार, असोज १, २०८० कृषि विभागमार्फत केन्द्रले दुई जिल्लामा यसको पकेट क्षेत्र घोषणा गरी ती क्षेत्रमा कोदो, फापर, लट्टे, कागुनो र जुनेलो खेती गरिएको थियो । रैथाने बालीको उत्पादन वर्षैपिच्छे बढ्दो परिमाणमा पाइएको बताइन्छ ।

स्वयंसेवक परिचालनमा नियमन गरेपछि पशुपति दर्शनमा सहज सोमबार, असोज १, २०८०

साेमबार यी कम्पनीका लगानीकर्ता फाइदामा सोमबार, असोज १, २०८० सोमबार बैंकिङ उपसूचक बाहेक सबै उपसूचक बढे । कारोबार रकम ८७ करोड ४ लाखमा सीमित भएको छ । सोमबार कारोबार भएकामध्ये रिलायबल लाइफ इन्स्योरेन्सको शेयर सर्वाधिक ९ करोड ३९ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ४ करोड ३४ लाख र साल्ट ट्रेडिङ कर्पोरेसनको ३ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार...

विश्व बैंकको अनुदानमा बाग्लुङका तीन सडक कालोपत्र गरिने सोमबार, असोज १, २०८० विश्व बैंकको अनुदानमा बाग्लुङ नगरपालिकाका तीन सडक कालोपत्र गरिने भएको छ । वि.सं.२०७७ मा विश्व बैंक र बाग्लुङ नगरपालिकाबीच अनुदानका लागि सम्झौताका गरिएको थियो । सम्झौता अनुसार ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गरिनेभएको हो ।

वर्ल्डमिट इन्टरनेशनल अवार्डका लागि नेपाली टोली थाइल्याण्ड प्रस्थान सोमबार, असोज १, २०८० सेप्टेम्बर २० र २१ तारिकमा हुने ‘थर्ड वर्ल्डमिट इन्टरनेशनल अवार्ड–२०२३’ भाग लिन नेपाली टोली थाइल्याण्ड प्रस्थान गरेको छ । सोमबार संवाद डबलीमा नेपाल सिन्दो काइकन कराते एशाेसिएशनले बिदाइ अघि पत्रकार सम्मेलन गरी विश्व च्याम्पियनसिप तथा सम्मान कार्यक्रममा भाग लिने जनाएको छ ।









