आज गणेश चतुर्थी पर्व, गणेशको पूजाआराधना गरी मनाइँदै मंगलबार, असोज २, २०८०

आज ऋषिपञ्चमी पर्व मनाइँदै मंगलबार, असोज २, २०८० प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
उपरथीमा बढुवा भएका विष्णु राउतलाई दर्ज्यानी चिह्न प्रदान सोमबार, असोज १, २०८० उनी नेपाल सरकारको भाद्र २९ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए । उपरथी राउत पदोन्नतिसँगै सम्भार रथीमा नियुक्त भएको नेपाली सेनाले जनाएको छ ।

शिक्षक महासंघलाई सरकारले वार्तामा बोलायो, शिक्षामन्त्री कै नेतृत्वमा मंगलबार वार्ता सोमबार, असोज १, २०८० सरकारले नेपाल शिक्षक महासंघलाई वार्ताका लागि आह्वान गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव भगवान अर्यालले विज्ञप्ति जारी गर्दै महासंघले विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

डेँगु नियन्त्रणका लागि ‘खोज र नष्ट अभियान गर’ अभियान सोमबार, असोज १, २०८० बढ्दो डेँगु सङ्क्रमणलाई दृष्टिगत गरी वीरगन्ज महानगरपालिकाले ‘खोज र नष्ट अभियान गर’ अभियान सुरु गरेको छ । पछिल्लो समय वीरगन्ज महानगर क्षेत्रमा डेँगु सङ्क्रमण बढ्दै गएपछि महानगरपालिकाले डेँगु सार्ने लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो ।

अब पुलिस रिपोर्टमा अभियोग वा कसुर उल्लेख नहुने सोमबार, असोज १, २०८० साथै अनलाइन आवेदन दिएको पाँच कार्यदिन भित्रै प्रमाणपत्र पाउने कुरा समेत निर्देशिकामा उल्लेख छ। कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भैसकेको भएपनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिइने निर्देशिकामा उल्लेख छ।

उपराष्ट्रपति यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेट सोमबार, असोज १, २०८० नेपाल भ्रमणमा रहेको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को युनान प्रान्तको स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले सोमबार उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

संविधान दिवसमा एमालेले 'रातो र चन्द्र सूर्यसँग सेल्फी' कार्यक्रम गर्ने सोमबार, असोज १, २०८० एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार भिडिओ सन्देश जारी गर्दै जनस्तरमा संविधान दिवसको अवसरमा आयोजना हुने कार्यक्रमका लागि काठमाडौंको नारायण चौरमा बुधबार बिहान ७ बजे उपस्थितिका लागि आह्वान गरेका छन् ।

पार्टीको नाम फेर्न माओवादी केन्द्र तयार सोमबार, असोज १, २०८० अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पार्टी कमिटीमा आन्तरिक सर्कुलर जारी गर्दै अन्य कम्युनिष्ट घटकहरूसँग पार्टी एकताको विषयमा गर्नको लागि पार्टीको नाम परिवर्तन गर्न तयार भएको बताएका छन् ।

अस्करमा नेपालबाट चलचित्र ‘हल्कारा’ सोमबार, असोज १, २०८० नेपालस्थित छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदन मध्येबाट सोमबार बसेको बैठकबाट ‘हल्कारा’ लाई सिफारिस गर्ने निर्णय गरिएको समिति सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिए ।

आजको युगमा पनि खानकै लागि संघर्ष गर्नु लज्जास्पद : अध्यक्ष ओली सोमबार, असोज १, २०८० सोमबार काठमाडौंमा आयोजित नेपालमा विज्ञान र प्रविधिको वर्तमान अवस्था र चुनौतीहरू सम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले २१ औं शताब्दीमा खानाकै लागि संघर्ष गर्नु पर्ने स्थिति लाजमर्दो विषय भएको बताएका छन् ।

दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन सोमबार, असोज १, २०८० सरकारले चालु आवका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । सो मध्ये चालु शीर्षकमा रू ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा हालसम्म सात दशमलव ६८ प्रतिशत अर्थात् ८७ अर्ब ६६ करोड ३५ लाख बराबर रहेको छ । पूँजीगत शीर्षकमा दुई...

डान्स स्पोर्ट्स खेलाडी दीपक लामा बेल्जियम जाँदै सोमबार, असोज १, २०८० सेप्टेम्बर २३ देखि २४ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन दीपक मंगलबार बेल्जियमको लुउभेन प्रस्थान गर्दै गर्न लागेका हुन् ।









