News Griha :: न्यूजगृह
उपरथीमा बढुवा भएका विष्णु राउतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं— प्रधानसेनापति प्रभुराम शर्माले सोमबार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी विष्णु राउतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

उनी नेपाल सरकारको भाद्र २९ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए । उपरथी राउत पदोन्नतिसँगै सम्भार रथीमा नियुक्त भएको नेपाली सेनाले जनाएको छ । 

प्रधानसेनापतिले सोही अवसरमा मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भरतचन्द्र गुरुङ, लेखा सहायक रथी दर्जामा पदोन्नति भएका लेखा महासेनानी विनोद थापा र महासेनानी दर्जामा पदोन्नति भएका प्रमुख सेनानी हरिबहादुर विश्वकर्मालाईसमेत दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  २१:५१
Weather Update