News Griha :: न्यूजगृह
शंकर पोखरेल भन्छन्— सुवासको अभाव खड्किरहेको छ
शंकर पोखरेल भन्छन्— सुवासको अभाव खड्किरहेको छ नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानको प्रभावकारी कार्यान्वयन गर्ने समयमा भएको संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनले राष्ट्रिय राजनीतिमा उनको अभाव खड्किएको बताएका छन् । 
‘कांग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्छ’
‘कांग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्छ’ नेपाली कांग्रेस चितवनले मंगलबार आयोजना गरेको गणेशमान सिंह र समावेशी नेपालको परिकल्पना एवम् संविधान दिवस, २०८० को सन्दर्भमा आयोजित विचार गोष्ठीमा वत्ताले कांग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्नेमा जोड दिएका छन् । 
गाउँ–गाउँमा सुविधा सम्पन्न विद्यालय भवन, गुणस्तर र विद्यार्थी घट्दै 
गाउँ–गाउँमा सुविधा सम्पन्न विद्यालय भवन, गुणस्तर र विद्यार्थी घट्दै  रामेछापमा २०७२ सालको भूकम्पले भत्काएका सबै विद्यालयका नयाँ भवन बने ।  भूकम्प जाँदा जिल्लामा ४ सय १९ वटा विद्यालय थिए । ती मध्ये अधिकांश विद्यालयका कच्ची भवन थिए । तर अहिले सञ्चालनमा रहेका केही बाहेक सबै विद्यालय पक्की भवन छन् ।
नेपाली सेनाको योगदान झल्काउने गीत सार्वजनिक
नेपाली सेनाको योगदान झल्काउने गीत सार्वजनिक नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठकाे ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ गीत (म्युजिक भिडिओ) सार्वजनिक गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा सो गीत विमोचन गरे ।
भारतले दियो क्यानडाका कूटनीतिज्ञलाई देश छोड्न पाँच दिनको म्याद
भारतले दियो क्यानडाका कूटनीतिज्ञलाई देश छोड्न पाँच दिनको म्याद क्यानडाबाट भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतले क्यानाडाली कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाका उच्चायुक्तलाई आज बोलाएर भारत सरकारको यो निर्णयबारे जानकारी गराइएको छ ।’ सम्बन्धित कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न भनिएको...
हुम्लामा कर्मचारी अभावले कार्यालय बन्द, सेवाग्राही समस्यामा
हुम्लामा कर्मचारी अभावले कार्यालय बन्द, सेवाग्राही समस्यामा नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि हुम्लाको मध्य भेगमा रहेको सर्केगाड इलाका प्रशासन कार्यालय बन्द भएको छ । लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि आउने ताँजकोट, अदानचुली, चङ्खली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् । 
संविधानको रक्षा गर्दै अपूर्णता पूरा गर्नुपर्छ : बाबुराम भट्टराई [कुराकानी]
संविधानको रक्षा गर्दै अपूर्णता पूरा गर्नुपर्छ : बाबुराम भट्टराई [कुराकानी] जहाँसम्म संविधानको विषयवस्तुको कुरा छ, यो त समयानुकूल, समाजको चेतना, आर्थिक–सामाजिक विकासको स्तर र राजनीतिक शक्तिबीचको शक्ति सन्तुलनका आधारमा ‘कन्टेन्ट’ बन्ने हुन्छ । हाम्रा सन्दर्भमा राष्ट्रिय औद्योगिक पूँजीको विकास नभइसकेको, कृषिप्रधान अर्थतन्त्रको बाहुल्य रहेको, सामन्तवादी सोच एवम् संस्कार हाबी रहेको तथा हाम्रा संस्थाहरू लामो लोकतान्त्रिक अभ्यासबाट नगुज्रेको, नेता र जनताको...
शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघ नजाने 
शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघ नजाने  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोलाएको वार्तामा नेपाल शिक्षक महासंघ नजाने भएको छ । 
मंगलबार बढ्यो सुनको मूल्य, तोलाको कति ?
मंगलबार बढ्यो सुनको मूल्य, तोलाको कति ? मंगलबार एक तोला सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य १ लाख १३ हजार पुगेको जनाएको छ ।
शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने ९६२ जनालाई विद्या भूषण सम्मान
शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने ९६२ जनालाई विद्या भूषण सम्मान सरकारले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संघसंस्था गरी ९६२ जनालाई विद्या भूषणबाट सम्मान गरेको छ । 
ईसीडी शिक्षकहरूलाई केन्द्रको निर्देशन— शिक्षक महासंघको आन्दोलनमा अनिवार्य सहभागी हुनू  
ईसीडी शिक्षकहरूलाई केन्द्रको निर्देशन— शिक्षक महासंघको आन्दोलनमा अनिवार्य सहभागी हुनू   नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले नेपाल शिक्षक महासंघले बुधबार आयोजना गरेको आन्दोलनमा अनिवार्य सहभागी हुन निर्देशन दिएको छ ।
शिक्षक महासंघका मागहरू पूरा गर्न तयार छौं : शिक्षा मन्त्रालय 
शिक्षक महासंघका मागहरू पूरा गर्न तयार छौं : शिक्षा मन्त्रालय  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघले उठाएका मागहरु पूरा गर्न तयार रहेको बताएको छ ।सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयक—२०८० ले शिक्षक कर्मचारी विरोधी भएको भन्दै महासंघले बुधबारदेखि विद्यालय बन्दको आह्वान गरेको छ ।
Weather Update