ऋषि पञ्चमीमा बिदा नहुने सोमबार, असोज १, २०८०

विदेशमा बस्ने नेपालीलाई मताधिकार दिन सहमति भइसकेको छ : परराष्ट्रमन्त्री साउद सोमबार, असोज १, २०८० परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसंघको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री साउदलाई अमेरिकामा रहेका विभिन्न संघसंस्थाले आयोजना गरेका स्वागत तथा सम्मान कार्यक्रममा उनले नेपालले हासिल गरेको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएको अनुभवलाई विश्वमाझ लैजान...

तीनकुने हत्याकाण्ड : प्रहरीले भन्याे— मोटरसाइकलले ठक्कर दिएको रिसिइबी साँध्न चार जनाको हत्या सोमबार, असोज १, २०८० विगतमा मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा उत्पन्न विवादको रिसिइबी साँध्दा उक्त घटना भएको उक्त छानबिन समितिका संयोजक काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए । सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २३ वर्षका सञ्जय भण्डारी एक्लैले हत्या गरेको समितिको निष्कर्ष छ ।...

बुटवलमा आधुनिक पशु बधशाला सञ्चालन आउँदै सोमबार, असोज १, २०८० बुटवलमा आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो ।

तीज पर्वले महिलाहरूको समान पहुँचलाई सशक्त बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी सोमबार, असोज १, २०८०

फलफूल र तरकारी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् बजार भाउ सोमबार, असोज १, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको लागि मूल्यसूची सार्वजनिक गरेको छ ।

सरकारले ल्यायो खरिद प्रणाली प्रयोगमा सहयोग पुर्याउन हटलाइन सोमबार, असोज १, २०८० सरकारले विद्युतीय खरिद प्रणाली प्रयोगमा सहयोग पुर्याउन हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । सार्वजनिक निकाय, वस्तु आपूर्तिकर्ता र निर्माण व्यवसायीले सफ्टवेयरसम्बन्धी समस्या र अस्पष्टता भएमा हटलाइनमार्फत समाधान गर्न सहज हुने सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा.दामोदर रेग्मीले बताए ।

एसईई उत्तीर्ण विद्यार्थीलाई बाल विकासको सम्मान सोमबार, असोज १, २०८० बाल विकास समाजले हरेक वर्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत एसईई पास गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ ।कीर्तिपुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख शुभलक्ष्मी शाक्य सुनिताको प्रमुख अतिथ्यतामा शैक्षिक वर्ष २०७९ को एसईईमा सफल भएका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

चितवनमा तीन लाख मूल्य बराबरको दुई हजार किलो माछा नष्ट सोमबार, असोज १, २०८० चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ । मत्स्य व्यवसायी संघ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो ।

असोज २ गतेभित्र काठमाडौं आइपुग्न शिक्षक कर्मचारीहरूलाई महासंघको निर्देशन सोमबार, असोज १, २०८० नेपाल शिक्षक महासंघले भोलि मंगलबार (असोज २) गतेभित्र काठमाडौं आइपुग्न शिक्षक तथा कर्मचारीहरूलाई निर्देशन दिएको छ ।

चक्कु प्रहारबाट साथीको हत्या सोमबार, असोज १, २०८० पाल्पामा गएराति एक जनाको हत्या भएको छ। तिनाउ गाउँपालिका–२ घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए।
गर्भवती श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ सोमबार, असोज १, २०८० गत भदौ २४ गते बिहान करिव पाँच बजेको समयमा आफूलाई धाकधम्की दिई गाली गलौज तथा कुटपिटसमेत गरी जबरजस्ती करणी गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनका श्रीमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।

देशभरका शिवालयमा भक्तजनको भुइँचो सोमबार, असोज १, २०८० हरितालिक तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भुइँचो लागेको छ । तीज पर्वमा पशुपतिनाथ मन्दिरआउने भक्तजनका लागि बिहान ३ बजे नै मन्दिरकोे चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए ।









