News Griha :: न्यूजगृह
तीनकुने हत्याकाण्डमा पक्राउ परेका दीपेन्द्र राई रिहा
तीनकुने हत्याकाण्डमा पक्राउ परेका दीपेन्द्र राई रिहा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार उनलाई आफन्तको जिम्मामा छाडिएको हो । शुक्रबार राति तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो ।
चिकित्सकको आन्दोलन फिर्ता, सरकार भयो ६ बुँदे सहमति 
चिकित्सकको आन्दोलन फिर्ता, सरकार भयो ६ बुँदे सहमति  भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका चिकित्सकमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो । त्यसको विरोधमा देशभरका चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि वार्ता भएको थियो ।
ईसेवा मनि ट्रान्स्फरको ‘मेरो डिजिटल देश’ अभियान यस वर्ष पनि, बम्पर उपहार काठमाडौंमा घर
ईसेवा मनि ट्रान्स्फरको ‘मेरो डिजिटल देश’ अभियान यस वर्ष पनि, बम्पर उपहार काठमाडौंमा घर स्थापना कालको छोटो समयमै, वैधानिक, माध्यमबाट संसारका दुई सयभन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले 'मेरो डिजिटल देश' अभियानलाई निरन्तरता दिएको छ । डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन अभियानलाई निरन्तरता दिइएको एफवान सफ्ट ग्रुपका डाइरेक्टर सुवास शर्माले बताए ।
भाटभटेनी र विग मार्टले गर्छन् उपभोक्ताको स्वास्थ्यसँग खेलबाड
भाटभटेनी र विग मार्टले गर्छन् उपभोक्ताको स्वास्थ्यसँग खेलबाड म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गरेको छ । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आइतबार कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको विग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो ।
साउनमा मूल्यवृद्धि सात दशमलव ५२ प्रतिशत
साउनमा मूल्यवृद्धि सात दशमलव ५२ प्रतिशत नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि आठ दशमलव ९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि छ दशमलव ४२ प्रतिशत बराबर रहेको छ । 
भारतले उचाल्यो आठौं पटक एसिया कपको उपाधि
भारतले उचाल्यो आठौं पटक एसिया कपको उपाधि एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ । आइतबार कोलम्बोमा भएको फाइनल भिडन्तमा घरेलु टीम श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारत आठौं पटक एसिया कप च्याम्पियन भएको हो । 
कोशीमा कर्मचारीलाई दैनिक २०० खाजा भत्ता दिने प्रदेश सरकारको निर्णय
कोशीमा कर्मचारीलाई दैनिक २०० खाजा भत्ता दिने प्रदेश सरकारको निर्णय कोशी प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीलाई प्रतिदिन विद्युतीय हाजिरीका आधारमा उपस्थिति भएको दिन दैनिक दुई सयको दर खाजा भत्ताले दिने निर्णय गरेको छ । 
एसिया कपको फाइनल भिडन्तमा श्रीलंका ५० रनमै अलआउट
एसिया कपको फाइनल भिडन्तमा श्रीलंका ५० रनमै अलआउट एसिया कपको फाइनल भिडन्तमा घरेलु टिम श्रीलंकाले खराब ब्याटिङ गरेको छ । कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भएको छ।
बाल्यकालमा घोडचडी र पौडीको सौखिन थिएँ : राष्ट्रपति पौडेल 
बाल्यकालमा घोडचडी र पौडीको सौखिन थिएँ : राष्ट्रपति पौडेल  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक शीतल निवासमा आइतबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै  आफूलाई घोडचडी र पौडीमा खुबै चाख रहेको बताएका हुन्।
६१ किलो सुन प्रकरण : २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता
६१ किलो सुन प्रकरण : २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता सरकारी वकिल कार्यालय काठमाडौंले ६१ किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । आइतबार सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।
झापामा घाँस झार्न चढेका बेला रुखमै मृत्यु
झापामा घाँस झार्न चढेका बेला रुखमै मृत्यु बाख्रालाई घाँस काट्न खरीको रुखमा चढेका झापाका एक व्यक्तिको रुखमै मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–८ रन्त चोक निवासी ७५ वर्षीय वृद्ध सन्तवहादुर तामाङको आइतबार रुखमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीका अनुसार सन्तबहादुर घर नजिकैको करिब ४० फुट अग्लो खरीको रुखमा बाख्रालाई...
प्रतिपक्षले राम्रा कामको गलत प्रचार गर्‍यो : वर्षमान पुन 
प्रतिपक्षले राम्रा कामको गलत प्रचार गर्‍यो : वर्षमान पुन  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले विपक्षले माओवादीले गरेका सकारात्मक कामको समेत गलत प्रचार गरेको आरोप लगाएका छन् । 
Weather Update