पशुपतिमा तीजको रौनक : दर्शनार्थीहरुको घुइँचो [तस्बिरहरू] सोमबार, असोज १, २०८०

न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्डले भने— विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ सोमबार, असोज १, २०८० संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आइतबार न्यूयोर्क पुगेका उनले पत्रकारसँगको भेटमा विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको बताएका हुन् ।

आज राष्ट्रिय विज्ञान दिवस सोमबार, असोज १, २०८० आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ । दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ ।

करको दर हेरफेर प्रकरणमा मुछिएका सचिव कृष्णहरि पुष्कर अर्थ मन्त्रालय फर्किए सोमबार, असोज १, २०८० करको दर हेरफेर प्रकरणमा मुछिएका सचिव कृष्णहरि पुष्करलाई सरकारले पुनः अर्थ मन्त्रालयमा फिर्ता ल्याएको छ ।उनी सामान्य प्रशासन मन्त्रालयको सचिव थिए । सरकारले अर्थ सचिवमा पुष्करलाई लैजाने तयारी गरेको समाचार न्यूजगृह डटकममा गत साउन ३० गते नै प्रकाशित भएको थियो ।

असोज महिनाको पहिलो दिन तपाईंको राशिफल सोमबार, असोज १, २०८० असोज १ गते सोमबार । भदौ शुक्ल तृतिया तिथि । पञ्चाङ्ग एन्द्र गर चित्रा । आज हरितालिका (तीज) महिला विदा । विश्वकर्मा पूजा । कन्या संक्रान्ति । राष्ट्रिय चलचित्र दिवस । गणेश चतुर्थी व्रत । राष्ट्रिय धर्मसभा दिवस । वास्तु दिवस ।

पशुपतिनाथ मन्दिरमा २ हजार ९६६ जना प्रहरी परिचालन, ड्रोनबाट पनि निगरानी सोमबार, असोज १, २०८० त्यस्तै पैदल गस्ती, मोबाइल गस्ती, कर्डन, सादा पोसाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सीसीटीभी, वाकथ्रु गेट, ड्रोनबाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका माध्यमद्वारा तीज पर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिने छ ।

पशुपतिनाथका चार वटै ढोका खुला, पुरुष दर्शनार्थीलाई छैन प्रवेश अनुमति सोमबार, असोज १, २०८० आज हरितालिका (तीज) । पशुपतिनाथ मन्दिर दर्शन गर्न पुग्ने भक्तजनका लागि बिहान ३ बजेबाटै चार वटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले लाइन व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी गरेको छ । तीजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा...

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता सोमबार, असोज १, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन आइतबार न्यूयोर्क पुगेकका थिए । प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच संयुक्त राष्ट्रसङ्घको मुख्यकार्यालयमा आइतबार भेटवार्ता भएको हो ।

आज विश्वकर्मा पूजा‚ वास्तु दिवस सोमबार, असोज १, २०८० प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन सोमबार कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ।

हेटौँडामा नौ क्विन्टल गाँजासहित दुईजना पक्राउ सोमबार, असोज १, २०८० आइतबार हेटौँडाबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्रकबाट नौ क्विन्टल लागूऔषध गाँजा बरामद गरेको सशस्त्रका वरिष्ठ प्रहरी उपरीक्षक अनिल कार्कीले बताए ।
कस्तो रहला तीजको दिन मौसम? सोमबार, असोज १, २०८० हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भू(भाग र मध्य प्रदेशको पश्चिमी भूभाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

आज हरितालिका तीज, महादेवको उपासना गरेर मनाइँदै सोमबार, असोज १, २०८० महादेव स्वामी पाउने पार्वतीको इच्छा विपरीत पिता हिमालयले उनको विवाह विष्णुसँग गरिदिन खोजेपछि सखीहरुलाई समस्या सुनाउँदा उनलाई हरण गरी लुकाएर राखेको धर्मशास्त्रमा उल्लेख पाइन्छ । सखीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी भाद्र शुक्ल तृतीयाको दिन महादेवलाई प्राप्त गरेको र त्यही समयदेखि हरितालिका तीजको व्रतको प्रचलन शुरु भएको मान्यता छ...

प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कमा आइतबार, भदौ ३१, २०८० संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार अमेरिका पुगेका छन् । प्रचण्डलाई विमानस्थलमा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका थिए । राष्ट्र संघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए ।


![पशुपतिमा तीजको रौनक : दर्शनार्थीहरुको घुइँचो [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/teej 2080151695004988.jpg)






