
राष्ट्रपति पौडेलले पठाए नेम्वाङ परिवारलाई समवेदना सन्देश आइतबार, भदौ ३१, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनले मुलुकले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखि नै आत्मसात गरेको एउटा असल नेता गुमाएको बताएका छन् ।

नेपाल एअरलाइन्सको जहाज मर्मतका लागि इजरायल पठाइने, निगमले माग्यो यात्रुसँग माफी आइतबार, भदौ ३१, २०८० राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, यी चार स्थानबाट लाइनको व्यवस्था आइतबार, भदौ ३१, २०८० हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवम् निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको हो । तीजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था...

नेप्से परिसूचक ४२.१४ अंकले घट्यो, शुभम् पावरको शेयर मूल्यमा भने सकारात्मक सर्किट आइतबार, भदौ ३१, २०८० आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४२ दशमलव १४ अंकले घटेको छ । नेप्से परिसूचक दुई दशमलव ०९ प्रतिशतले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ अंकमा कायम भएको हो ।

चिनी आयातमा भन्सार छुट दिन संसदीय समितिको निर्देशन आइतबार, भदौ ३१, २०८० संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

राजश्व संकलनमा सुधार भएको छ : अर्थमन्त्री महत आइतबार, भदौ ३१, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताएका छन् ।

तीनकुने हत्याकाण्ड : सीसीटीभी फुटेजमा देखिएका एक युवक पक्राउ आइतबार, भदौ ३१, २०८० तीनकुने गैरीगाउँस्थित दिव्य सःमिलभित्र शुक्रबार राति खुकुरी प्रहर गरी चार जनाको हत्या घटनामा प्रहरीले आइतबार थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सीसीटीभी फुटेजमा देखिएका एक युवकलाई लोकन्थलीबाट पक्राउ गरेको हो ।

महाबौद्धको कपडा पसलमा आगलागी आइतबार, भदौ ३१, २०८० काठमाडौं महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

निर्दयी प्रहरी प्रमुख, पीडितलाई न्याय दिनुको साटो खुट्टा ढोगाए आइतबार, भदौ ३१, २०८० राम्ररी नेपाली बोल्न नजान्ने मृतक आरतीकी बहिनीले आफूहरू न्याय माग्न जाँदा प्रहरी प्रशासनले दुःख दिएको र बयान फेर्न दबाब दिएको आरोप लगाइन् । प्रहरीले घटनापछि बयान लिन बोलाउँदा प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक प्रकाश गौतमले आफूहरूलाई कुटेको उनको आरोप छ ।
अमेरिकाबाट आएको पार्सलमा गाँजा भेटियो, ६ जना पक्राउ आइतबार, भदौ ३१, २०८० अमेरिकाबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेको छ ।अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पठाइएका पार्सलमा गाँजा फेला परेको प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

चिकित्सक संघ र सरकारबीच वार्ता सुरु, को–को छन् वार्ता समितिमा ? आइतबार, भदौ ३१, २०८० नेपाल चिकित्सक संघ र सरकारबीच वार्ता सुरु भएको छ । चिकित्सकसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता समितिबीच बैठक सुरु भएको हो । मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न आइतबार नै मन्त्रालयले अतिरिक्त स्वास्थ्यसचिव डा.विकास देवकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

सुनसरीमा विश्वकर्माको मूर्ति बनाएर दुई लाख कमाइ आइतबार, भदौ ३१, २०८० विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ । मूर्तिको माग बढेपछि मूल्य पनि बढेको छ । कलाकारले एउटै मूर्ति बनाएर वार्षिक दुई लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् ।









