News Griha :: न्यूजगृह
कांग्रेस नेता निधि भन्छन्— सरकारको नेतृत्व परिवर्तन हुनसक्छ 
कांग्रेस नेता निधि भन्छन्— सरकारको नेतृत्व परिवर्तन हुनसक्छ  नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताएका छन् ।
विद्यालय कर्मचारी, बाल शिक्षकबारे शिक्षा विधेयकमा स्पष्ट व्यवस्था छैन : कमला तुलाधर
विद्यालय कर्मचारी, बाल शिक्षकबारे शिक्षा विधेयकमा स्पष्ट व्यवस्था छैन : कमला तुलाधर नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक), विद्यालय कर्मचारीसहितका विषयमा प्रस्तावित शिक्षा ऐनमा अस्पष्ट भएको बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै तुलाधरले सो कुरा बताएकी हुन् ।
चिकित्सक कुटपिट घटनाको विरोधमा मकवानपुरमा सबै स्वास्थ्य सेवा बन्द
चिकित्सक कुटपिट घटनाको विरोधमा मकवानपुरमा सबै स्वास्थ्य सेवा बन्द चिकित्सक कुटपिट घटनाको विरोधमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द रहेका छन् । गत बुधबार हेटौंडा उपमहानगरपालिका–१ स्थित सञ्चो अस्पतालमा कार्यरत डा.विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरिएका हुन् । चिकित्सकमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक संघले स्वास्थ्य...
खाद्यान्न ओसार्ने जहाज नयाँ मार्ग प्रयोग गरेर युक्रेनी बन्दरगाहमा
खाद्यान्न ओसार्ने जहाज नयाँ मार्ग प्रयोग गरेर युक्रेनी बन्दरगाहमा खाद्यान्न ओसार्ने दुई वटा मालवाहक पानीजहाज नयाँ मार्ग प्रयोग गरेर ब्ल्याक सी हुँदै युक्रेनी बन्दरगाह चोरनोमोर्सक पुगेका छन् । युक्रेनी बन्दरगाह अधिकारीहरूका अनुसार टापु राष्ट्र पलाउको झण्डा फहराउँदै बन्दगाह पुगेका ती जहाजका चालक दलका सदस्यमा युक्रेन, टर्की, अजरबैजान र इजिप्टका नागरिक छन् । 
तीजको पौराणिकता
तीजको पौराणिकता हिन्दु नारीकाे हरितालिका (तीज) सुरु भएको छ । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ ।
‘वन्ली चोकोफन’ नारासहित चोकोफनको नयाँ विज्ञापन अभियान
‘वन्ली चोकोफन’ नारासहित चोकोफनको नयाँ विज्ञापन अभियान सुजल फुड्सले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ विज्ञापन अभियान शुरु गरेको छ । ‘वन्ली चोकोफन’ भन्ने सन्देश बोकेको विज्ञापन अभियानलाई आकर्षक ढंगले देशभर विभिन्न माध्यममार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । 
प्रचण्ड नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ : शशांक कोइराला 
प्रचण्ड नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ : शशांक कोइराला  नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् ।  आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन् ।
आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन 
आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन  देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरी आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले समिति गठन गरेको छ । अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
चिकित्सकको आन्दोलनले अस्पताल आएका बिरामी फर्किए 
चिकित्सकको आन्दोलनले अस्पताल आएका बिरामी फर्किए  चिकित्सकको आन्दोलनका कारण चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन आएका बिरामी फर्किएका छन् । 
पूर्वपश्चिम राजमार्गमा बम विस्फोट
पूर्वपश्चिम राजमार्गमा बम विस्फोट पूर्वपश्चिम राजमार्गमा बम विस्फोट भएको छ । विस्फोटबाट राजमार्गमा भ्वाङ परेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीका अनुसार शनिबार राति राप्ती सोनारी गाउँपालिका— ९ ढकेरी नजिकैको सडकमा बम पड्किएको हो।
जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार 
जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार  पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ । तर धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका लागि होइन स्वस्थ र सन्तुलित खानपिनका लागि ‘पोषण पाठशाला’ र उत्पादकत्व वृद्धिका लागि ‘कृषक पाठशाला’ सञ्चालन छन् । 
आइतबार सुनचाँदीको मूल्य कति ? 
आइतबार सुनचाँदीको मूल्य कति ?  नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार एक तोला सुनको मूल्य एक लाख १२ हजार ३ सय पुगेको जनाएको छ । 
Weather Update