News Griha :: न्यूजगृह
आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन 

काठमाडौं— देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरी आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले समिति गठन गरेको छ । अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरिएको हाे ।

वार्ता समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव रहने छन् ।

स्वास्थ्य मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले पाँच सदस्यीय वार्ता समिति गठन गरिएको बताए ।  समितिले आन्दोलनरत नेपाल चिकित्सक संघलाई वार्तामा समेत बोलाइसकेको छ ।

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत दुई जना डाक्टरमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा ओपीडी सेवा बन्द गरिएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ११:४०
Weather Update