सिङ्गो गाउँमा आलु र सिमीखेती, वार्षिक ६० लाख रुपैयाँ आम्दानी आइतबार, भदौ ३१, २०८०

आज दर खाने दिनमा यस्तो छ तपाईंको राशिफल आइतबार, भदौ ३१, २०८० भदौ ३१ आइतबार । भदौ शुक्ल द्वितीया तिथि । पञ्चाङ्ग ब्रह्म कौलव हस्ता । दर खाने दिन । राशिफल हेर्नुस् ।

गोहीको आक्रमणबाट मृत्यु आइतबार, भदौ ३१, २०८० शनिबार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए ।

नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर असोज १ गते बन्द हुने आइतबार, भदौ ३१, २०८० वास्तु दिवस पनि भनिने विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन छ । विभिन्न औचारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने, कामको बेला नबिग्रिने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
तीज व्रतको तयारीस्वरूप आज दर खाने दिन आइतबार, भदौ ३१, २०८० दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन छ । विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन् । कर्मघर मै रहेका महिलाले पनि परिवारका सदस्यसँग बसेर दर खाने गर्छन् ।

१३ वर्षीय छात्रालाई जबरजस्ती करणी गर्ने शिक्षक पक्राउ आइतबार, भदौ ३१, २०८० १३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो।

चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने आइतबार, भदौ ३१, २०८० संघले शनिबार विज्ञप्ति जारी गरी आइतबार स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा सञ्चालन नहुने जानकारी गराएका छन् । सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा सेवा बन्द गर्ने घोषणाा गरिएको छ ।

यस्तो छ आजको मौसम पूर्वानुमान आइतबार, भदौ ३१, २०८० मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ।

एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्दै‚ कसले मार्ला बाजी? आइतबार, भदौ ३१, २०८० एसिया कप क्रिकेटको उपाधिका लागि आइतबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।नेपाली समयानुसार दिउँसो सवा ३ बजे श्रीलंकाको प्रेमदासा रंगशालामा हुने फाइनल खेलमा दुबै टोली उपाधि उचाल्ने मनस्थितिमा छन् ।

भालुको आक्रमणबाट एक जनाको मृत्यु शनिबार, भदौ ३०, २०८० मृत्यु हुनेमा ५३ वर्षीय पेम्बा वाङ्छु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शनिबार दिउँसो २ बजे मकै बारीमा जाँदा शेर्पालाई भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट टाउको, पेट, छाती लगायतको भागमा गम्भीर चोट लागेका शेर्पाको महाकुलुङ प्राथमिक अस्पताल बुङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्वास्थ्यमन्त्रीको दाबी — उपचार नपाएर मान्छेको ज्यान जाने अवस्था अन्त्य हुन्छ शनिबार, भदौ ३०, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचार गर्न पैसा नभएर वा औषधि किन्ने पैसा नपाएर नेपाली नागरिक कसैको पनि ज्यान जान नदिइने बताएका छन् । बाह्रबिसे नगरपालिकाले शनिबार बाह्रबिसेमा गरेको कार्यक्रममा मन्त्री बस्नेतले पैसा नभएको कारणले औषधि किन्न नपाएर अब कसैको पनि ज्यान जान नदिइने दाबी गरे ।

गैरीगाउँ सामूहिक हत्या घटनामा प्रयोग भएको हतियार बरामद शनिबार, भदौ ३०, २०८० काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्यामा प्रयोग भएको हतियार प्रहरीले बरामद गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले घटना भएको स्थानमा हत्यामा प्रयोग भएको खुकुरी र अर्को एक धारिलो हतियार बरामद गरेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा शनिबार, भदौ ३०, २०८० शनिबार साँझ संघले एक विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको हो। गत बुधबार हेटौँडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारी माथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरेको थियो।









