News Griha :: न्यूजगृह
नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर असोज १ गते बन्द हुने

काठमाडौं—  नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर भोलि (असोज १ गते) बन्द हुने भएका छन् ।

सो दिन विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टरहरु बन्द हुने प्राधिकरणले सूचना जारी गरी जानकारी दिएको हो ।

वास्तु दिवस पनि भनिने विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन छ । विभिन्न औचारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने, कामको बेला नबिग्रिने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०६:५७
Weather Update