क्रिकेट
एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्दै‚ कसले मार्ला बाजी?

काठमाडौं— एसिया कप क्रिकेटको उपाधिका लागि आइतबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपाली समयानुसार दिउँसो सवा ३ बजे श्रीलंकाकोप्रेमदासारंगशालामा हुने फाइनल खेलमा दुबै टोली उपाधि उचाल्ने मनस्थितिमा छन् ।
यसअघि सात पटकसम्म उपाधिका लागि प्रतिस्पर्धा गरिसकेका दुवै टोलीबीच आइतबार आठौँपटक उपाधि भिडन्त हुन लागेको हो। यसअघि भएका सात खेलमध्ये भारतले चारपटक उपाधि उचाल्दा श्रीलंकाले तीनपटक मात्रै उपाधि उचालेको छ।
यसपटक भारत र पाकिस्तानले नै फाइनल खेल्न सक्ने अड्कलबाजीका बीच सुपर '४' मा पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा पुगेको हो ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० ०६:०६