News Griha :: न्यूजगृह
बौद्धिक अपांगता भएकी युवतीमाथि सामूहिक बलात्कार, दुई युवा पक्राउ
बौद्धिक अपांगता भएकी युवतीमाथि सामूहिक बलात्कार, दुई युवा पक्राउ पीडितले शुक्रबार सामूहिक बलात्कार भएको प्रहरीमा उजुरी दिएकी थिइन् । दुवै जनालाई शुक्रबार नै पक्राउ गरी जिल्ला अदालतमा जबरजस्ती करणीमा मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरीका सूचना अधिकारी पावलसिंह लामाले जानकारी दिए । 
शैलुङमा चौँरीसँग जङ्गली बसाइ कार्यक्रम हुँदै
शैलुङमा चौँरीसँग जङ्गली बसाइ कार्यक्रम हुँदै ऐतिहासिक पर्यटकीय क्षेत्र शैलुङमा यस वर्ष चौँरीसँग जङ्गली बसाइ कार्यक्रम हुने भएको छ ।याक तथा चौँरी पर्यटन विकास कार्यक्रम अन्तर्गत सो कार्यक्रम सञ्चालन हुन लागेको शैलुङ खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रवर्धन समितिका दावासङ्बु शेर्पाले जानकारी दिए । 
संसद्मा दर्ता भएको विद्युत् विधेयकमा के छ ?
संसद्मा दर्ता भएको विद्युत् विधेयकमा के छ ? ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘विद्युत् विधेयक, २०८०’ संसद्मा दर्ता गरेको छ । मन्त्रालयले उक्त विधेयक भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गराएको हो । तीन वर्षअघि पनि संसद्मा विद्युत् विधेयक दर्ता भएकामा गत वर्ष भदौ ३१ मा राष्ट्रियसभाबाट फिर्ता भएको थियो ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का कार्यवाहक प्रधानमन्त्री भएका छन्। शनिबार साँझ ६ बजे कतार एअरवेज मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्यूयोर्क प्रस्थान गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्।
प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान 
प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान  विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धता बारे उनले मन्तव्य व्यक्त गर्नेछन् । आगामी असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमासमेत प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् । 
बसको ठक्करबाट गोरखामा मोटरसाइकल चालकको मृत्यु
बसको ठक्करबाट गोरखामा मोटरसाइकल चालकको मृत्यु सिरानचोक गाउँपालिका–४ स्थित अमराईमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय रामलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
शान्ति प्रक्रिया टुंग्याउन प्रधानमन्त्री प्रचण्डले अमेरिकासँग सहयोग माग्ने
शान्ति प्रक्रिया टुंग्याउन प्रधानमन्त्री प्रचण्डले अमेरिकासँग सहयोग माग्ने शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने कार्यमा विदेशी निकायको सहयोग माग्ने विषय पहिलो प्राथमिकतामा रहेको बताए ।
ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु दुर्घटनामा परी मोटरसाइकल चालक पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कका समिर तामाङ र मोटरसाइकल पछाडि बस्ने मेलम्ची नगरपालिका–११ का नवीन पाण्डेको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी सञ्जीवकुमार यादवले जानकारी दिए ।
तीर्थ लामाबारे एमालेले माग्यो बाग्मती सरकारको जवाफ 
तीर्थ लामाबारे एमालेले माग्यो बाग्मती सरकारको जवाफ  शनिबार बसेको प्रदेश सभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले एक किलो सुन तस्करीमा प्रदेशका मन्त्रीको नाम जोडिएको भन्दै ध्यानाकर्षण गराएका हुन् । गत सोमबार दुबईबाट काठमाडौं आएका एक जनाले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुन बरामद भएको थियो ।
देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन : सभापति लामिछाने
देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन : सभापति लामिछाने 'हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न हिँडेका हौँ,' सभापति लामिछानेले भने । नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रुपमा हेरेको उनको भनाइ थियो ।
विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित
विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित कक्षा ७ देखि १२ सम्मका छात्रा विद्यालयमै बेहोस हुने समस्या आएपछि पठनपाठन पनि प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले बताए । उनका अनुसार विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस हुने समस्या देखिने गरेको छ ।
पोखरीमा डुबेर मोरङमा दुई बालिकाको मृत्यु
पोखरीमा डुबेर मोरङमा दुई बालिकाको मृत्यु पोखरीमा डुबेर ग्रामथान गाउँपालिकामा दुई बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
Weather Update