News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान 

काठमाडौं—  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्यूयोर्क प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने छन् ।

pm usa visit tia1694867344.png

विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धता बारे उनले मन्तव्य व्यक्त गर्नेछन् । आगामी असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमासमेत प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् । 

pm visit us1694867147.jpg

न्यूयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

pm and deputy pm1694867251.jpg

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी छन् । 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १८:०३
Weather Update