धनगढीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिएन आइतबार, भदौ ३१, २०८०

शिक्षा विधेयकमा के–के छन् नयाँ व्यवस्था ? आइतबार, भदौ ३१, २०८० राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक अनुदान कोटा स्वतः शिक्षक दरबन्दीमा परिणत हुने भएको छ । शिक्षकको स्थायी खुला प्रतिस्पर्धामा राहत, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षकका लागि कुल दरबन्दीको ५० प्रतिशत सिट छुट्याइएको छ । बाँकी ५० प्रतिशतमा खुला प्रतियोगिताका आधारमा परीक्षा लिएर पदपूर्ति...

सहारा क्लब पोखराको अध्यक्षमा बराल चयन आइतबार, भदौ ३१, २०८० सहारा क्लब पोखराको अध्यक्ष पदमा केशवराज बराल निर्विरोध निर्वाचित भएका छन् । क्लवले फुटबल खेल विकास र विस्तार तथा एकेडेमी सञ्चालन गरी आवश्यक खेलाडी उत्पादन गर्दै आएको छ ।

ला लिगामा बार्सिलोनाको सानदार जित आइतबार, भदौ ३१, २०८० स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसमाथि ५—० गोलले विजयी भएको छ ।बार्सिलोनाको जितमा जोआओ फेलिक्स, रोबर्ट लेवान्डोस्की, फेरान टोरस, राफिन्हा र जोआओ क्यान्सेलोले समान १—१ गोल गरे ।
1688303450.jpg)
विद्यालय कर्मचारी अवकाश हुँदा निजामती सरह सेवा सुविधा आइतबार, भदौ ३१, २०८० प्रस्तावित शिक्षा ऐनमा सामुदायिक विद्यालयका कर्मचारी अवकाश हुँदा निजामती सरह सेवा सेवासुविधा दिने उल्लेख छ ।

देशभरका स्वास्थ्य संस्था ठप्प, अत्यावश्यक उपचार सेवाबाट बिरामी बञ्चित आइतबार, भदौ ३१, २०८० नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरू अत्यावश्यक उपचार पाउनबाट बञ्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत दुई डाक्टरमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा ओपीडी सेवा बन्द गरिएको हो ।

धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित आइतबार, भदौ ३१, २०८० गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लास्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन् । रावाबेँसी, दिप्रुङ चुइचुम्मा, साकेला, खोटेहाङ गाउँपालिका सहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको धान बालीमा कीरा तथा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका हुन् ।

लुम्बिनी र सुदूरपश्चिममा आज अट्वारी पर्व, प्रदेश सरकारले दियो बिदा आइतबार, भदौ ३१, २०८० अट्वारी पर्व पश्चिम नेपालको तराइका जिल्लाहरूमा बसिरहेका थारू समुदायले मनाउँदै आइरहेका छन् । विशेषगरी कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया जिल्लामा यो पर्वको उल्लास बढेको छ ।

६१ किलो सुन तस्करी प्रकरणमा सरकारी वकिल कार्यालय आज मुद्दा दर्ता गर्दै आइतबार, भदौ ३१, २०८० प्रहरीबाट प्राप्त भएको अनुसन्धान प्रतिवेदनको अध्ययन सकाएर आज जिल्ला अदालतमा मुद्दा दर्ता गर्न लागिएको कार्यालय प्रमुख एवम् सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए । पछिल्लो ११ महिना मै करिब ३ सय ६३ केजी सुन तस्करी गरेको अभियोगमा पक्राउ परेका ३२ र फरार १८ लाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)ले ३...

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा ढिलाइ आइतबार, भदौ ३१, २०८० वनमन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो । प्रसारण लाइन निर्माणका लागि २०७७ असोजदेखि काम सुरु भएको थियो । यो प्याकेजको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । यो प्याकेजको हालसम्म ६९ प्रतिशत काम सम्पन्न भएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए ।

आजको फलफूल तथा हरियो तरकारीको मूल्य आइतबार, भदौ ३१, २०८० जसअनुसार नेपाली गोलभेँडा सानो प्रतिकेजी ५० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ५०, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ५६, भारतीय सुकेको प्याज ६४ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।

पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध आइतबार, भदौ ३१, २०८० जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ ।

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर आइतबार, भदौ ३१, २०८० जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ६७ पैसा र बिक्री दर १४२ रुपैयाँ ३१ पैसा रहेको छ ।









