ला लिगामा बार्सिलोनाको सानदार जित

काठमाडौं— स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसमाथि ५—० गोलले विजयी भएको छ ।
बार्सिलोनाको जितमा जोआओ फेलिक्स, रोबर्ट लेवान्डोस्की, फेरान टोरस, राफिन्हा र जोआओ क्यान्सेलोले समान १—१ गोल गरे ।
बार्सिलोनाले खेलमा अग्रता २५औं मिनेटमा लिएको थियो । जोआओ फेलिक्सले क्लबका लागि पहिलो गोल गरे ।
जित हासिल गरेको बार्सिलोना लालिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको पाँच खेलमा १३ अंक रहेको छ ।
एक खेल कम खेलेको रियल मड्रिड १२ अंकसहित दोस्रो स्थानमा छ । मड्रिडले आज राति रियल सोसिएडाडको सामना गर्नेछ ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० ०९:४९