News Griha :: न्यूजगृह
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं— नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ६७ पैसा र बिक्री दर १४२ रुपैयाँ ३१ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । क्यानडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ७५ पैसा रहेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०७:४९
Weather Update