ललितपुर— अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताएका छन् ।
आइतबार ललितपुरको गोदावरी नगरपालिका—११ स्थित बज्रवाराही चापागाउँ अस्पतालको प्रस्तावित भवनको शिलान्यास कार्यक्रममा उनले विकास निर्माणका योजना सञ्चालन गर्दा सरकारले देशको हित अनुकूल जनताको आवश्यकतालाई ध्यानमा राखेर काम गर्ने बताएका हुन् ।
‘देशका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा सुनिश्चित गर्नु आवश्यक छ,क्षमताभन्दा हाम्रो आवश्यकता बढी छ,गत वर्ष राजश्व कम उठेको थियो, जसले मागअनुसार सम्बोधन गर्न केही कठिनाइ भइरहेको छ, अहिले अवस्था सुधार हुँदैछ,यति हुँदाहुँदै पनि भएको स्रोतलाई परिचालन गर्दै देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नेमा प्रतिबद्ध छौं’,अर्थमन्त्री डा.महतले भने ।
उनले नेपालमा रहेका सम्भावना र रोजगारी सिर्जना गर्ने काममा सकारात्मक सन्देश र बहस हरेक तहबाट हुनु आवश्यक रहेको धारणा राखे ।