
असोज १ गते सोमबार । भदौ शुक्ल तृतिया तिथि । पञ्चाङ्ग एन्द्र गर चित्रा । आज हरितालिका (तीज) महिला विदा । विश्वकर्मा पूजा । कन्या संक्रान्ति । राष्ट्रिय चलचित्र दिवस । गणेश चतुर्थी व्रत । राष्ट्रिय धर्मसभा दिवस । वास्तु दिवस ।
मेष राशि
प्रयत्न गर्दा भाग्यले साथ दिनेछ । परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ ।
वृष राशि
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन् । मेहनत गर्दा अवसर भने पाइनेछ ।
मिथुन राशि
नयाँ व्यवसाय सुरु गर्ने मौका छ । महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ ।
कर्कट राशि
प्रयत्न गर्दा भाग्यले साथ दिनेछ । परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ ।
सिंह राशि
रमाइलो यात्राको अवसर जुट्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ ।
कन्या राशि
सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । असन्तुलित खानपानले पेटको समस्या आउने समय छ ।
तुला राशि
प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ । सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ ।
वृश्चिक राशि
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ ।
धनु राशि
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।
मकर राशि
काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ ।
कुम्भ राशि
सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ । मानसम्मान पनि पाइनेछ ।
मीन राशि
अध्ययन अध्यापनमा प्रगति हुनेछ । बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।